वेब सिरिज ‘कम्पनी’ निर्माण हुँदै 

रबिकिरण राई, झापा । क प्रोडक्सनको ब्यनरमा ‘कम्पनी’ नामक वेब सिरिज निर्माण हुने भएको छ । वर्तमान परिवेशका युवाहरुले भोगिरहेका कथालाई यस वेब सिरिजले समेट्ने निर्देशक किरण राईले जानकारी गराएका छन् ।

डार्क कमेडी जनरामा निर्माण गरिन लागेको यो वेब सिरिजको छायंकन झापा र इलामका बिभिन्न स्थानहरुमा गरिने छ ।

कम्पनीमा कलकारहरु सुर्यमान लिम्बु, भुवनसिं राई, शान्ता पौडेल, उत्तम राई, सरोज खालिङ, बिराज वास्कोटा, तायाहाङ राई, र निशान लुइटेलको अभिनय दर्शकहरुले हेर्न पाउने छन् ।


यस सिरिजको पहिलो श्रृङखला ५ भागको रहने छ । यो वेब सिरिज पौषको पहिलो साता देखि दर्शकहरु माझ आउने निर्देशक राइले जानकारी गराएका छन् ।

दिलिप थाम्सुहाङ्ग, सुमित राई र शिवराज कोइरालाले यस वेब सिरिजलाई संयुक्त रुपमा खिच्ने छन् । सम्पादन र कलर करेक्सनको पाटो भने जगन राईले समाल्ने भएका छन् ।

कम्पनीको निर्माता चन्द्र राई र कार्यकारी निर्माता सुरेश राई हुन । दिपचन राई प्रस्तुतकर्ता रहेको यस वेब सिरिजको कथा, पटकथा स्वयं निर्देशक किरण राईले लेखेका हुन । कम्पनी वेब सिरिजलाई खुडकिलो युटुव च्यानल मार्फत प्रसारण गरिने छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
1
+1
0
+1
0
935
सम्बन्धित

लोकप्रिय

लोकप्रिय