एन्फा वुमन लिग : लगातार दोश्रो जित निकाल्दै कोशी शिर्ष स्थानमा

इलाम । एन्फा वुमन लिगमा कोशी प्रदेशले लगातार दोश्रो जित निकाल्दै शिर्ष स्थानमा उक्लिएको छ ।

एन्फा कम्प्लेक्समा भएको आफ्नो दोश्रो खेलमा कोशीले बागमती युथ क्लबलाई २–१ गोल अन्तरले हराएको हो । कोशीको जितमा समिक्षा मगरले गोल गरिन् । एक गोल कोशीले उपहार पाएको थियो । खेलको सुरुवाती अग्रता बागमतीले लिएको थियो ।

२६ औ मिनेटमा कोशीका डिफेन्डरहरुको गल्तीको फाइदा उठाउँदै विष्णुमाया बलले बागमतीलाई अग्रता दिलाइन् । बागमतीको अग्रता ३ मिनेट टिकेन् । समिक्षा मगरले खेल बराबरी गरिन् । डिफेन्डर नेहा चौधरीको लामो प्रहारलाई हेडर मार्फत समिक्षाले खेल बराबरी गरेकी हुन् । खेलको ५४ औ मिनेटमा कोशीले आत्मघाती गोल मार्फत खेलमा अग्रता बनाउन सफल रहयो ।


प्रतिक्षा राईको प्रहार बागमतीकी कप्तान दिव्या यस्माली मगरलाई डिफ्लेक्ट हुँदै जाली चुम्यो । खेलको वुमन अफ दि म्याच कोशीकी प्रतिक्षा राई घोषित हुँदै नगद ५ हजार प्राप्त गरिन् ।

जितसंगै कोशीले महत्वपुर्ण ३ अंक हासिल गर्दै लिगको शिर्ष स्थानमा रहेको छ । यसअघि पहिलो खेलमा कोशीले वालिङ नगरपालिका विरुद्ध ४–० गोल अन्तरको जित निकालेको थियो । बागमतीले सुदुरपश्चिमलाई ५–१ ले हराएको थियो ।

प्रतियोगिता अन्तर्गत आज दोश्रो खेलमा कर्णाली प्रदेश र वालिङ नगरपालिका खेल्नेछन् ।

तस्बिर : एन्फा

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
274
सम्बन्धित

लोकप्रिय

लोकप्रिय