२२ वर्षीय रुपेशको मलेसियामा आफ्नै साथीले गरे हत्या

काठमाडौं । सिरहा बिष्णुपुर गाउँपालिका २ राजपुरका २२ वर्षीय रुपेश यादवको मलेसियामा आफ्नै साथीले हत्या गरेका छन् ।

घटनाको जानकारी पाएपछि मलेसिया प्रहरीले हत्यामा सग्लन रुपेशका साथी निलम गुरुङलाई नियन्त्रणमा लिएको छ । घटनापछि शोकमा रहेका परिवार र स्थानीयले दोषीलाई कडा भन्दा कडा सजायका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

परिवारले रुपेशको शवलाई नेपाल ल्याउने प्रक्रिया सुरु गरिएको जनाइएको छ । मलेसियामा एउटै कोठामा बस्दै आइरहेका निलमले रुपेशको पेटमा चक्कु प्रहार गरी हत्या गरेका हुन् । वैदेशिक रोजगारको क्रममा २ वर्ष अगाडि मलेशिया सुपरमार्केटमा पुगेका रुपेशलाई उनीसँगै काम गर्ने गुरुङले हत्या गरेको परिवारजनको भनाइ छ ।


यो घटनाले वैदेशिक रोजगारमा गएका नेपालीहरूको सुरक्षाको सवालमा गम्भीर प्रश्न उठाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
207
सम्बन्धित

लोकप्रिय

लोकप्रिय