एन्फा महिला लिगमा आजदेखि दोस्रो चरणको खेल हुँदै

काठमाडौं । एन्फा महिला लिग फुटबलमा आज दोस्रो चरणको खेल शुरु हुँदैछन्। एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी प्रयोगितामा दोस्रो चरण अन्तर्गत आज दुई खेल हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।

दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा बागमती युथ क्लब र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। यस्तै अपराह्न सवा ४ बजे हुने अर्को खेलमा वालिङ नगरपालिका र कर्णाली प्रदेश भिड्नेछन्।

यसअघि बुधबार भएको पहिलो चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको थियो। एन्फा कम्प्लेक्समै भएको खेलमा आर्मीले संकटा फुटबल क्लबमाथि ४-० गोलको फराकिलो जित निकालेको हो।


अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा शुरु भएको महिला लिगमा १० टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
239
सम्बन्धित

लोकप्रिय

लोकप्रिय