१० अफ्रिकी देशको सिक्का तथा नाेटहरूमा चिनियाँ परियोजनाहरुको तस्विरहरु [ फोटो फिचर ]

सुर्योदय, इलाम । संसारभर कैयौं शताब्दीदेखी आजसम्म जुनसुकै अनेकौं प्रकारका सञ्चारको साधनहरु, माध्यमहरु आएपनि जनता सामु वा विश्वमाझ देशको धर्म, संस्कृति, भाषा, कला, लिपि, विकास पुर्वाधार, वैज्ञानिक अन्वेषण लगायत प्रतिष्ठित, चर्चित वस्तुहरुको गौरवको रुपमा प्रस्तुत गर्ने प्रमुख माध्यम नोट तथा सिक्कामा छाप्नुलाई पनि लिइन्छ, जुन नोट तथा सिक्कामा छापेर प्रचार गर्ने तरिका विश्वमै सबैभन्दा आधिकारिक र विस्वश्नीय मानिन्छ ।

सगरमाथा, गौतम बुद्ध साथै उनको जन्मस्थल लुम्बिनीकाे अशाेक स्तम्भ र दुर्लभ  एक सिंगे गैडा अंकित नेपाली १०० रुपैयाँको नोटमा

नेपालले विश्वसामु गर्व गर्ने विषयहरुमा विश्वको सबैभन्दा अग्लो भुभाग सगरमाथा, शान्तिको प्रतिक गौतम बुद्ध, गाैतम बुध्दकाे जन्मस्थल प्रमाणित गर्ने अशाेक स्तम्भ र चितवनमा पाइने दुर्लभ एक सिंगे गैडा हुन । ति विषयहरुलाई १०० रुपैयाँको नोटमा नेपालले राखेको छ ।

भारतको महत्वाकाक्षी अन्तरिक्ष परियोजना मंगल यान भारतको २००० रुपैयाँको भारतीय नोट

त्यस्तै, नेपालको छिमेकी राष्ट्र भारतले मंगल ग्रहको खोजीको लागि महत्वाकाक्षी अन्तरिक्ष परियोजना मंगल यान सन् २०१३ नोभेम्बर ५ मा सुरु गरेपछि भारतको प्रतिष्ठाको रुपमा २००० रुपैयाँको भारतीय नोटमा मंगलयान नामको अन्तरिक्ष यानको तस्विर राखेर २०१६ नोभेम्बर १० मा निष्काशन गरेको थियो । [1]


  • १० अफ्रिकी देशको नोट तथा सिक्कामा चिनियाँ परियोजनाहरुको तस्विर

पछिल्लो समयमा नेपालको छिमेकी मित्र राष्ट्र चीन विश्व अर्थतन्त्रमा महत्वपूर्ण खेलाडीको रुपमा उभिएपछि विगत दुई दशकहरूमा अफ्रिकामा चीनको लगानी उल्लेखनीय रूपमा बढेको छ, महादेशको आर्थिक परिदृश्यलाई आकार दिँदै र विश्वव्यापी भूराजनीतिक गतिशीलता परिवर्तन भएको छ । आफ्नो विश्वव्यापी सञ्जाल विस्तार गर्न आर्थिक तथा पूर्वाधार विकास निर्माण महत्वपूर्ण भुमिका खेलेको छ । तुलनात्मक रुपमा विश्वको कम विकसित क्षेत्रको रुपमा लिइने अफ्रिका महादेशमा चीनको सम्बन्ध धेरै मात्रामा विभिन्न क्षेत्रमा लगानी गरेको छ ।
चीनले लगानी गरेको विकास पुर्वाधारहरुलाई पनि अफ्रिकी देशहरुले आफ्नो देशमा महत्वपूर्ण स्थान दिएको पाइएको छ । ती अफ्रिकी देशहरुले चीनको लगानीमा निर्माण भएको विकास पुर्वाधारहरुलाई आफ्नो देशको प्रतिष्ठाको रुपमा नोट तथा सिक्कामा अंकित गरेको पाइएको छ ।

अब हेर्नुहोस, १० वटा अफ्रिकी देशहरुको मुद्रामा चीनले लगानी गरेर बनेका विकास पुर्वाधार परियोजनाहरुको तस्विर राखेर छापिएका सिक्का  तथा नाेटहरू: [2]

  • इजिप्टको ५० पियस्ट्रजको सिक्कामा नयाँ प्रशासनिक राजधानीको तस्विर [3]
इजिप्टको ५० पियस्ट्रज सिक्कामा नयाँ प्रशासनिक राजधानीको तस्विर [4]
  • सुडानको १०० पाउण्डको नोेटमा मेरोवे बाँध, रोजरेस बाँध, माथिल्लो अथराको बाँधको तस्बिर
सुडानको १०० पाउण्डको नोेटमा मेरोवे बाँध, रोजरेस बाँध, माथिल्लो अथराको बाँधको तस्बिर [5]
  • मोरक्कोको ६ लेनको Mohammed VI पुल अंकित २० दिरामको नोट [6]
मोरक्कोको ६ लेनको Mohammed VI पुल अंकित २० दिरामको नोट [7]
  • मलावी विज्ञान तथा प्रविधि विश्वविद्यालय अंकित मलावीको २००० कवाचस नोट [8]
मलावी विज्ञान तथा प्रविधि विश्वविद्यालय अंकित मलावीको २००० कवाचस नोट [9]
  • मलावीका नयाँ संसद भवन अंकित २०० कवाचस नोट [10]
मलावीका नयाँ संसद भवन अंकित २०० कवाचस नोट [11]
  • गुवनाको कलेटा जलविद्युत आयोजनाको तस्विर अंकित २० हजारको फ्याङ्क [12]
गुवनाको कलेटा जलविद्युत आयोजनाको तस्विर अंकित २० हजारको फ्याङ्क [13]
  • गुवनाको किनकोन जलविद्युत आयोजनाको तस्विर अंकित ५ हजारको फ्याङ्क [14]
गुवनाको किनकोन जलविद्युत आयोजनाको तस्विर अंकित ५ हजारको फ्याङ्क [15]
  • किनसुका पुलको तस्विर अंकित प्रजातान्त्रिक गणतन्त्र कंगोको ५०० को फ्याङ्क
किनसुका पुलको तस्विर अंकित प्रजातान्त्रिक गणतन्त्र कंगोको ५०० को फ्याङ्क [16]
  • अल्जेरियाको जामा अल आहिर (Great Mosque of Algeria) नामको मस्जिद अंकित १००० दिनारको नोट [17]
अल्जेरियाको जामा अल आहिर (Great Mosque of Algeria) नामको मस्जिद अंकित १००० दिनारको नोट [18]
  • अल्जेरियाको Alcomsat-1 नामको सञ्चार भु–उपग्रह अंकित ५०० दिनारको नोट [19]
अल्जेरियाको Alcomsat-1 नामको सञ्चार भु–उपग्रह अंकित ५०० दिनारको नोट [20]

सन्दर्भ सामाग्रीको स्रोतहरु :

  1. https://en.wikipedia.org/wiki/Indian_2000-rupee_note#/media/File:India_new_2000_INR,_MG_series,_2016,_reverse.jpg
  2. चिनीयाँ पराराष्ट्र मन्त्रालयको प्रवक्ताको ट्वीटर खाता 
  3. https://en.wikipedia.org/wiki/Indian_2000-rupee_note#/media/File:India_new_2000_INR,_MG_series,_2016,_reverse.jpg
  4. https://x.com/SpokespersonCHN/status/1830787102990311792
  5. https://x.com/SpokespersonCHN/status/1830776726110064800
  6. https://en.wikipedia.org/wiki/Mohammed_VI_Bridge
  7. https://x.com/SpokespersonCHN/status/1830775467546419399
  8. https://en.wikipedia.org/wiki/Malawi_University_of_Science_and_Technology
  9. https://x.com/SpokespersonCHN/status/1830774460737065039
  10. https://en.wikipedia.org/wiki/Malawi_Parliament_Building
  11. https://x.com/SpokespersonCHN/status/1830773454406062095
  12. https://en.wikipedia.org/wiki/Kaleta_Hydropower_Plant
  13. https://x.com/SpokespersonCHN/status/1830772447815311710
  14. https://www.power-technology.com/data-insights/power-plant-profile-grand-kinkon-hydro-power-plant-guinea/
  15. https://x.com/SpokespersonCHN/status/1830770937899503887
  16. https://x.com/SpokespersonCHN/status/1830770182513434654
  17. https://en.wikipedia.org/wiki/Djamaa_el_Djaza%C3%AFr
  18. https://x.com/SpokespersonCHN/status/1830766407719497888
  19. https://en.wikipedia.org/wiki/Alcomsat-1
  20. https://en.wikipedia.org/wiki/Alcomsat-1

 

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
0
+1
0
374
प्रदीप सिंजाली मगर
प्रदीप सिंजाली मगरhttps://pradipsinjalimagar.wordpress.com/
प्रतिक्रियाको लागि सुर्योदय नगरपालिका वडा नं. १४ इलाममा बस्ने उनलाई इमेल माध्यमबाट [email protected] मा र यहाँ उल्लेखित सामाजिक सञ्जालहरुबाट पनि सम्पर्क गर्न सकिनेछ ।
सम्बन्धित

लोकप्रिय

लोकप्रिय