अर्जुनधारामा स्कुटर एसम्बल गर्ने सहितका कोरियन कम्पनी स्थापनाका लागि छलफल

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा दक्षिण कोरियाले हाईव्रिड स्कुटर एसम्बल गर्ने कम्पनी, कस्टमेटिक सामाग्रीको उद्योग स्थापना गर्ने र कृषिमल लगायतका विषयमा छलफल बषयमा छलफल तथा अन्तरक्रिया भएको छ । आज (बुधवार) अर्जुनधारा नगरसँगको साझेदारीमा कम्पनी स्थापना गर्ने बिषयमा अन्तरक्रिया भएको हो ।

प्रतिनिधिसभा सभामुख देवराज घिमिरेको समन्वय तथा नगरप्रमुख बलदेवसिंह गोम्देनको अग्रसरतामा नगरपालिकामा हाईव्रिड स्कुटर व्याट्री र पेट्रोलले संयुक्त रूपमा चल्ने एसम्बल गर्ने कम्पनी र कस्टमेटिक सामाग्रीकोउद्योग स्थापनासहित कृषि मललगायतका विषयमा कोरिया आएका उद्योगीसँग छलफल तथा अन्तरक्रिय भएको हो ।

नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा छलफलको औचित्यमाथि प्रकाश सभामुख देवराज घिमिरेका स्वकीय सचिव केशवराज ढुङ्गेलले पारेका थिए ।


छलफल कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख बलदेवले कोरियन कम्पनी अर्जुनधारा नगरमा स्थापना गर्ने प्रयास गरिएको बताउँदै त्यसका लागि कानुनी प्रक्रियाहरु मिलाउने कार्य भइरहेको बताए । उनले नगरमा कोरियन कम्पनीहरु स्थापनासँगै जस्तो मूल्यमा सवारी साधन साथै कम्पनीबाट उत्पादन हुने अन्य सामाग्री पाइने साथै रोजगारी र प्रर्यटन प्रवर्धनमा समेत सहयोग पुग्ने बताए।

छलफल कार्यक्रममा कोरियाका इभी गाडीका प्रोपाराइटर छाङ्ग हटन सिमले सवारी साधनका बिषयमा जानकारी दिएका थिए भने जुमी युनिर्भस कलेजका प्रोफेसर तथा केस्मेटीककी प्रोपाराइटर किमसन खयाङ्गले कस्मेटीक सामाग्रीका बारेमा प्रस्तुतीकरणसमेत गरेका थिए ।

त्यस्तै अर्का एग्रीकल्चरका लि च्याङ्ग जेको पनि सहभागीता रहेको थियो । कार्यक्रममा नगर उप–प्रमुख खड्गमाया पराजुली, वडाध्यक्षहरु, कार्यपालिका सदस्य, वडा सदस्य, नगरका बिभिन्न संघ-संस्थाका प्रमुख तथा प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नगरका प्रशासन प्रमुख चुडामणि निरौलाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
340
सम्बन्धित

लोकप्रिय

लोकप्रिय