एन्फा महिला लिग : संकटाको पोष्टमा आर्मीको ४ गोल

काठमाडौँ । एन्फा महिला लिग फुटबलअन्तर्गत आज भएको एकमात्र खेलमा त्रिभुवन आमी क्लबले विजयी शुरुवात गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको पहिलो राउन्डको अन्तिम खेलमा आर्मीले संकटा फुटबल क्लबलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो।

आर्मीको जितमा विमला चौधरीले २ गोल गरिन् भने सावित्रादेवी मगर र अनिता लमजेलले १/१ गोल गरे। आर्मीकी कप्तान दिपा शाही खेलको प्लेअर अफ दि म्याच घोषित भइन्।


अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा शुरु भएको लिगमा १० टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।

तस्बिर : एन्फा

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
299
सम्बन्धित

लोकप्रिय

लोकप्रिय