सुन्दरहरैँचामा मृत अवस्थामा भेटिएका दुई बालिकाकी आमा बिर्तामोडबाट पक्राउ

झापा । मोरङको सुन्दरहरैचामा मृत अवस्थामा भेटिएका दुई बालिकाकी आमा बिर्तामोडबाट पक्राउ परेकी छन् ।

आज बिहान उनी बिर्तामोडको सिटीसेन्टरबाट पक्राउ परेकी हुन् । भदौ १५ गते सुन्दरहरैँचा नगरपालिका–७ स्थित नारायण न्यौपानेको केराघारीभित्र धनकुटा घर भएका ३१ वर्षीय अर्जुन कार्कीका छोरीहरू ३ वर्षीया आयिका कार्की र १ वर्षीया अर्पणा कार्की मृत अवस्थामा फेला परेपछि आमा अन्जना न्यौपाने कार्की फरार भएकी थिइन् ।

हिजो साँझ सिटीसेन्टरस्थित एक घरमा बास माग्दा घरधनीले बास दिएका थिएनन् । त्यसको जानकारी पाएर इलाका प्रहरी कार्यालय बेलबारी र इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले खोजी गरेको थियो । तर, उनी राति भेटिइनन् ।


आज बिहान करिव ५ बजे सिटीसेन्टरमै बेलबारी प्रहरीको टोलीले उनलाई फेला पारी मोरङतर्फ लिएर गएको बिर्तामोडका डीएसपी प्रकाश विष्टले जानकारी दिए । ती दुई बालिकालाई विष खुवाएर हत्या गरिएको आशंका गरिएको छ ।घटना भएको ५ दिनपछि अस्वस्थ्य अवस्थामा फेला पारेर अस्मितालाई उपचारका लागि विराटनगरको कोशी अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
227
सम्बन्धित

लोकप्रिय

लोकप्रिय