झापा अर्जुनधाराका बुढाथोकीको मलेसियामा दुर्घटनामा परि मृत्यु

झापा । झापा अर्जुनधाराका गोपाल बुढाथोकीको मलेसियामा मृत्यु भएको छ ।

अर्जुनधारा नगरपालिका वडा नम्बर २ गाँजाबारी घर भएका करिब ४१ बर्षीय बुढाथोकीको गत अगष्ट ३१ तरिख (भदौ १५ गते) शनिबार दुर्घटनामा परि मृत्यु भएको हो ।

शनिबार बेलुका डिउटीबाट फर्कीने क्रममा साइकलमा सवार उनलाई गाडीले ठक्कर दिएको थियो । राती करिब १०ः४५ मा भएको दुर्घटनामा उनको घटना स्थलमै मृत्यु भएको बताइएको छ । 


बुढाथोकी करिब २ बर्ष अघि मलेसिया गएका थिए । हाल उनको शव नेपाल ल्याउनका लागि पहल भईरहेको परिवारले बताएको छ । 

गोपाल परिवारको एक्लो छोरा थिए । उनको घरमा बुबा–आमा, श्रीमती एक छोरा र एक छोरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
2
+1
26
सम्बन्धित

लोकप्रिय

लोकप्रिय