अमेरिकामा मुना पाण्डेको हत्याका आरोपी शाहलाई जमानत दिन अस्वीकार

काठमाडौं । अमेरिकामा नेपाली युवती मुना पाण्डेलाई गोली हानेर हत्या गरेको आरोपमा पक्राउ परेका बबिसिंह शाहलाई अदालतले जमानत दिन अस्वीकार गरेको छ ।

शाहलाई हिजो अदालतमा प्रस्तुत गरिएको थियो । अदालतले शाहविरुद्ध हत्याको यथेष्ट प्रमाण रहेको भन्दै जमानत दिन अस्वीकार गरेको अमेरिकामा नेपाली पत्रकारहरूले सञ्चालन गरेको पोर्टल नेप्योर्कले उल्लेख गरेको छ ।

अदालतमा पेस गरिएको विवरणमा शाह भारतीय मूलको रहेको र उनको जन्मस्थान भने स्पष्ट रहेको छैन । उनको हाल अमेरिकी नागरिकता समेत नरहेको बताइएको छ । लुटपाटको उद्देश्यले बबिसिंह मुनाको अपार्टमेन्टमा पुगेको र सोही क्रममा गोली हानेर हत्या गरेको उल्लेख गरिएको छ ।


उनीमाथि मुनाको हत्या बाहेक गैरकानुनी हतियार राखेको मुद्दा समेत चलाइने भएको छ । गैर कानुनी हत्याको मुद्दामा उनलाई सेप्टेम्बर ५ मा अदालतमा उपस्थित गराइने भएको छ । ५१ वर्षीय शाहलाई प्रहरीले तस्बिर सार्वजनिक भएपछि प्राप्त सूचनाका आधारमा ट्राफिकमा रोकिएको अवस्थामा पक्राउ गरेको थियो ।

शाह मुना मृत भेटिएको स्थानमा अगस्ट २४ को बेलुका ९ बजेर ४८ मिनेटमा देखिएपछि प्रहरीले तस्वीर सार्वजनिक गरेको थियो । अमेरिकाको टेक्सास राज्यको ह्युस्टनस्थित अपार्टमेण्टमा नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानेर हत्या गरिएको अवस्थामा भेटिएकी थिइन् । भोजपुरकी २१ वर्षीया पाण्डे सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
246
सम्बन्धित

लोकप्रिय

लोकप्रिय