कंगोमा जेल तोडेर भाग्नेक्रममा १२९ जनाको मृत्यु

एजेन्सी । डेमोक्र्याटिक रिपब्लिक अफ कंगोको सबैभन्दा ठूलो जेलमा साताव्यापी रुपमा चलेको जेल तोड्ने प्रयासका क्रममा कम्तिमा १२९ जनाको मृत्यु भएको आन्तरिक मन्त्रीले मंगलबार बताएका छन् ।

यस घटनामा २४ जनाको चेतावनीपछि गोली हानेर मृत्यु भएको बताउँदै मन्त्री ज्याक्वेमेन शाबानीले एक भिडियो सन्देशमार्फत घटनाको जानकारी दिएका हुन् ।

उनका अनुसार राजधानी किन्शासाको मकाला जेलमा कम्तीमा ५९ जना घाइते भएका छन् । यस घटनामा धेरै मानिसहरूलाई कुल्चिएको वा तथा भिडभाडमा प्रभावित भएको र धेरै महिलाहरू बलात्कृत भएको मन्त्रालयले जनाएको छ ।


प्रत्यक्षदर्शीहरूले सोमबार जेल परिसरमा लामो समयसम्म गोली चलेको तथा तनावपूर्ण अवस्था सिर्जना भएको बताएका छन् । एक इलेक्ट्रिसियन दड्डी सोसोले घटनापछि सुरक्षा बलका गाडीले शव लिएर गएको देखेको बताएका छन् ।

सरकारका प्रवक्ता प्याट्रिक मुयायाले राष्ट्रिय टेलिभिजनलाई हाल स्थिति ’नियन्त्रणमा’ रहेको बताएका छन् भने अधिकारीहरूले कति कैदीहरू भागे वा भाग्ने प्रयास गरे भन्नेबारे केही उल्लेख गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
562
सम्बन्धित

लोकप्रिय

लोकप्रिय