बिर्तामोडको गिरी बन्दु टि–स्टेटमा सवारी दुर्घटना, २ जना गम्भिर घाइते

बिर्तामोड । झापाको बिर्तामोडस्थित गिरी बन्दु टि–स्टेट अन्तर्गत पुर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा २ जना गम्भिर घाइते भएका छन् ।

आज साँझ ५ बजे बिर्तामोडको मुक्ति चोकबाट काकडभिट्टा तर्फ जादै गरेको मे १० प ३५४४ नं.को मोटरसाईकल र धुलाबारीबाट मुक्ति चोक तर्फ आउदै गरेको ना ५ ख ९१२२ नं.को ट्रक एक आपसमा ठक्कर खाएर दुर्घटना भएको थियो ।

दुर्घटना हुँदा मोटरसाईकलमा सवार ईलामको सुर्योदय नगरपालिका वडा नम्बर ५ बस्ने २६ बर्षीय को रुपेश बुढाथोकीको टाउको र दाहिने खुट्टामा चोट लागेको अवस्थामा र सोहि स्थानका २४ बर्षीय दिवाङकर राईको टाउको र दाहिने खुट्टामा चोट लागि घाईते भएको प्रहरीले बताएको छ ।


उनीहरुको अवस्था गम्भिर रहेको र हाल झापाको बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । घाइते भएका मध्ये कस्ले मोटरसाइकल चलाएको हो भने खुल्न सकेको छैन् ।

दुर्घटनामा संलग्न ट्रक चालक झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ६ बस्ने ३१ बर्षीय संजय माझीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याई राखिएको बताईएको छ ।

दुर्घटनामा परेको मोटरसाईकल र ट्रकलाई तत्काल जिल्ला ट्राफिक प्रहरी कार्यालयमा राखिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
759
सम्बन्धित

लोकप्रिय

लोकप्रिय