करेन्ट लागेर एक महिलाको मृत्यु, चार घाइते

बैतडी । बैतडीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको पाटन नगरपालिका–६ डुङराकी ५७ वर्षीया जानकी लुहार रहेकी छिन् ।

बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक खेमविक्रम केसीका अनुसार सोमबार अपराह्न साढे ४ बजेको समयमा घरमा लुगा सुकाउन प्रयोग गरिएको ग्याबिन तारमाथि लुगा सुकाउने क्रममा जानकीको करेन्ट लागेर मृत्यु भएको हो। करेन्ट लागेर गम्भीर घाइते अवस्थामा रहेकी जानकीलाई उपचारको लागि पाटन लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

करेन्ट लागेको बेला छुटाउन गएका अन्य चारजना पनि करेन्ट लागेर घाइते भएका छन्। घाइते हुनेमा स्थानीय ३८ वर्षीया कलावती ओड, १२ वर्षीया पवित्रा ओड, १० वर्षीया भुवनेश्वरी ओड र २२ वर्षीया सीता लुहार रहेका छन्।


घरको भान्सा कोठामा मिटरबक्स राखिएको बुझिएको छ। सोही मिटरबक्स नजिकैबाट लुगा सुकाउन प्रयोग गरिने ग्याबिन तार तानिएको र सोही तारमा करेन्ट प्रवाह भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
768
सम्बन्धित

लोकप्रिय

लोकप्रिय