भने जस्तो मन्त्रालय नपाए पछि राजीनामा दिएका दीपक मनाङेको राजीनामा स्वीकृत [ राजिनामा पत्र सहित ]

पोखरा । गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले दिएको राजीनामा स्वीकृत भएको छ ।

मन्त्रालय फेरिएको विषय असन्तुष्ट जनाउदै मनाङेले स्वकिय सचिव सन्तोश अधिकारीमार्फत मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई राजीनामा पठाएका थिए । राजीनामा पत्र बुझेपछि मुख्यमन्त्री पाण्डेले मनाङेको राजीनामा स्वीकृत गरेका हुन् । उक्त मन्त्रालय तत्कालका लागी मुख्यमन्त्रीले नै राख्नेछन् ।


यसअघि भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्री रहेका मनाङेलाई परिवर्तन गरि वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो। सोही विषयमा असन्तुष्ट हुँदै मनाङे सपथ ग्रहणबाट रिसाएर निस्किएका निस्किएका थिए ।

यो सामाग्री नेपाल प्रेस डटकमबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
328
सम्बन्धित

लोकप्रिय

लोकप्रिय