प्रधानमन्त्री नेतान्याहूविरुद्ध कडा सडक प्रदर्शन

एजेन्सी । इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहूविरुद्ध हजारौँ मानिस सडक प्रदर्शनमा उत्रिएका छन्।

गाजामा बन्धक बनाइएका ६ जनाको शव भेटिएपछि प्रधानमन्त्रीविरुद्ध पुनः प्रदर्शन भएको हो। प्रदर्शनकारीले बन्धकहरुको रिहाइका लागि हमाससँग तत्काल सम्झौता गर्न माग गरेका छन्।

तेल अभिव, जेरुसेलम लगायत कयौँ सहरमा जारी प्रदर्शनमा रहभागीहरु सरकारको चर्को आलोचना गरेका समाचारहरुमा जनाइएको छ। गत वर्षको अक्टोबर महिनामा इजरायलमा हमास समूहले आक्रमण गरी नेपालका विपिन जोशीसहित सयौँ मानिसलाई बन्धक बनाएको थियो।


तीमध्ये केही विदेशी नागरिकलाई हमासले यसअघिका युद्धविरामका क्रममा छाडेको छ। यस्तै केही इजरायली बन्धकलाई कैदी आदानप्रदानको प्रक्रिया जसरी रिहा गरेको छ।

नेपालका विपिन जोशीसहित अझै झण्डै ५० जना बन्धकलाई हमासले रिहा गरेको छैन। पछिल्लोपटक हमासले बन्धक बनाएकामध्ये ६ इजरायलीको शव भेटिएपछि इजरायलमा पुनः प्रदर्शन भएको हो। बन्धकमध्ये धेरैको अवस्था अज्ञात छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
452
सम्बन्धित

लोकप्रिय

लोकप्रिय