छिमेकीले चलाएको मोटरसाइकलमा चडेकी थिइन् बिर्तामोडमा ज्यान गुमाएकी तुलसा

बिर्तामोड । दुर्घटनामा परी इलाम माई नगरपालिका वडा नम्बर ४ गैरीगाउँकी ३० वर्षीया तुलसा पाँचकोटीले ज्यान गुमाउनु पर्यो । हिजो साँझ ५:१० बजे बिर्तामोडको हिकोला अगाडिको राजमार्गमा उनी चढेको प्र १–०१–०१३ प ५७०० नम्बरको मोटरसाइकललाई बसले ठक्कर दिएको थियो । मोटरसाइकल चालक तुलसाकै छिमेकी ३६ वर्षीय थिरप्रसाद सुवेदी रहेका थिए । चालक सुवेदीलाई केही पनि भएन तर, तुलसाकाे घटनास्थलमै ज्यान गयो ।

हिकोला अगाडिको राजमार्गमा बिर्तामोड बसपार्कबाट बिर्तामोड पश्चिम स्टेण्डतर्फ आउँदै गरेको प्र १–०२–००२ ख ००३५ नम्बरको यात्रुबाहक बसले बाटो क्रस गर्दै गरेको प्र १–०१–०१३ प ५७०० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करपछि मोटरसाइकल लड्न पुगेको थियो । चालक सुवेदी सम्हालेर उठिसक्दा तुलसा भने उठ्न नसकी बसले किचेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।

सुवेदी तुलसाका छिमेकी हुन् । तुलसाको बिर्तामोडमा कपडा सिलाउने टेलर्स र सुवेदीको गाउँमा कपडा पसल रहेको छ । दुवैजना संगै कपडा किन्न बिर्तामोड आएका थिए । तुलसाका श्रीमान् वैदेशिक रोजगारीका लागि मलेसिया गएका छन् । उनको करिव १० वर्षका छोरा रहेको छिमेकीले बताएका छन् ।


बस र बस चालक कन्काई नगरपालिका वडा नम्बर ३ बस्ने २९ वर्षीय हिमाल बि.क. र मोटरसाइकल चालक सुवेदी समेतलाई नियन्त्रणमा लिई अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
1
+1
3
+1
3
+1
19
सम्बन्धित

लोकप्रिय

लोकप्रिय