झापामा डेङ्गुका तीनजना नयाँ संक्रमित थपिए

झापा । झापामा डेङ्गुका तीनजना नयाँ संक्रमित थपिएका छन् ।

बाह्रदशीमा दुई र बिर्तामोडमा एकजना गरी तीनजनामा डेङ्गु पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

साउन १ देखि भदौ १३ सम्म विरामी भएर अस्पताल भर्ना भएका १०८ जनाको रगत परीक्षण गर्दा तीनजनामा डेङ्गु पोजिटिभ पाइएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन युवनाथ बरालले जानकारी दिए ।


यस आर्थिक वर्षमा डेङ्गु संक्रमणबाट झापामा एकजनाको मृत्यु भइसकेको छ । गत साउन २५ गते हल्दिबारी ४ की ४० वर्षीया अनिता पौडेलको डेङ्गु संक्रमणबाट मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
291
सम्बन्धित

लोकप्रिय

लोकप्रिय