पत्रकार महासंघ इलामको स्मारिका ‘इलाम’को बिमोचन

इलाम : पत्रकार महासंघ इलामले तयार पारेको पुस्तक ‘इलाम’को बिमोचन गरिएको छ । मगलबार आयोजित एक समारोहमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर रानाले पुस्तक बिमोचन गरेका छन  । इलामको पत्रकारीता र समग्र जिल्लाको इतिहाँस समेटेर जिल्ला शाखाले पुस्तक तयार पारेको छ ।

‘हामीले इलामको पत्रकारिताको इतिहास खोज्ने कार्य प्रारम्भ गरेका छौ’ महासंघका अध्यक्ष बिप्लव भट्टराईले भने ।
‘यो पुस्तक पत्रकारिताको अनुसन्धान गर्नेहरुका लागि उपयोगी दस्तावेज हो ,यहाँ समावेश भएका विषयहरु थप खोजी गर्न सकिने खालका छन् ।’

तिन खण्डमा विभाजन गरिएको यो कितावमा ४६ जना लेखकहरुको विचार समावेश छ । २ सय ६२ पृष्ठ लामो किताबले इलामको पत्रकारिता जीवन्त अभिलेख उपमा दिईएको छ ।
पुस्तकमा इलामको पत्रकारिताको इतिहास, वर्तमान अवस्था, समस्या, सम्भावना, चुनौतीका साथै जिल्ला र विभिन्न पालिकाहरुको परिचय समेटिएको अध्यक्ष भट्टराईले जानकारी दिए ।


हामीले इलामको पत्रकारिताको इतिहास खोज्ने कार्य प्रारम्भ गरेका छौ, यो पुस्तक पत्रकारिताको अनुसन्धान गर्नेहरुका लागि उपयोगी दस्तावेज हो ,यहाँ समावेश भएका विषयहरु थप खोजी गर्न सकिने खालका छन् ।

 

– बिप्लव भट्टराई, अध्यक्ष , पत्रकार महासंघ इलाम

पुस्तकमा खण्ड-१ मा पत्रकारितासँग सम्बन्धि आलेख ३० वटा, खण्ड-२ मा इलामसँग सम्बन्धित १६ वटा आलेख र खण्ड-३ मा इलामका १० वटा पालिकाको परिचय समेटिएको छ ।

नेपाल पत्रकार महासंघ इलामले पहिलो पटक यो पुस्तक प्रकाशन गरेको हो । महासंघले पहिलो चरणमा पाँच सय प्रति पुस्तक प्रकाशन गरेको हो । यस्तै पुस्तक बिमोचन कार्यक्रम कै अवसर पारेर पत्रका महासघ इलाम शाखाको आधिकारिक वेबसाईट समेत उद्घाटन गरिएको छ । इलामबाट प्रकाशित नयाँ बुलन्द डटकमबाट साभार गरिएको

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
334
सम्बन्धित

लोकप्रिय

लोकप्रिय