हब ईन्टरनेशनल एजुकेसनको सातौं शाखा बिर्तामोडमा

झापा। हब ईन्टरनेशनल एजुकेसनको सातौं शाखा बिर्तामोडमा एक समारोह बिच समुदघाटन गरिएको छ ।

नेपाली विद्यार्थीहरुलाई बिदेश अद्ययन गर्न जानु अघि जान लागेको देश र कलेज, लागत र त्यहा आइ पर्ने समस्याको बिषयमा परामर्श दिनका लागी हब ईन्टरनेशन एजुकेसन कन्सट्रेन्सी बिर्तामोडमा पुर्वान्चल क्षेत्र भरिका विद्यार्थीहरुका लागी एउटा सहजता हुने प्रवन्ध निर्देशक दिपेन्द्र बुढाथोकीले बताउनु भयो ।

विद्यार्थीहरु रोजगार सहित पि एच डि, मास्टर, ब्याचलर डाक्टर आदि अद्ययनका लागि अस्ट्रेलिया, अमेरिका, युके, आएरलेण्ड, क्यानाडा, न्युजिल्यान्ड भारत युरोप देशहरुमा जाने हुँदा काठमाडौ सम्म गएर ठुलो धनराशी खर्च गरि अद्ययन गर्न परामर्श लिनका लागी जानुपर्ने आदि झन्झटबाट मुक्त हुदै आफ्नै घर पाएक परामर्श सेवा उपलब्ध गराउन यो सातौ शाखाको रूपमा बिर्तामोडमा आजै देखि शुरूवात गरिएको कार्यक्रमका प्रमुख आतिथि एवम् हब ईन्टरनेशनल एजुकेसन प्रा लिका केन्द्रिय कार्यालय काठमाडौका प्रमुख सस्थापक उत्तम बहादुर खड्काले बताउनु भयो ।


काठमाण्डौको हात्तीसारमा प्रमुख कार्यालय रहेको हब १९ बर्षअघि स्थापना भएको हो । ललितपुर, चितवन, बुटवल, भैरहवा, पोखरा, नेपालगन्ज र बिर्तामोडमा शाखा कार्यालय रहेको हब ईन्टरनेशनलको कर्पोरेट शाखा भने अष्ट्रेलियामा रहेको सञ्चालक खड्काले जानकारी दिनुभयो ।

शाखा स्थापनासँगै टोफल, आइइएलटिएस लगायतको भाषा कक्षाहरु पनि बिर्तामोडमै उपलब्ध गराउने तयारी कन्सलटेन्सीको छ । बिद्यार्थीको करियर काउन्सिलिङका लागि भरपर्दो कन्सलटेन्सी हब ईन्टरनेशनल एजुकेशन भएको दावी सञ्चालकको छ ।

कोशी प्रदेशमा पहिलो शाखा स्थापना गरेको हब ईन्टरनेशनलले चाँडै नै ईटहरी र बिराटनगरमा शाखा स्थापना गर्ने तयारी गरेको छ । अन्यभन्दा सस्तो राम्रो र भरपर्दो काउन्सिलिङ गर्ने दावी गरेको हबले बिदेशका कलेजमा भर्नापछिको सेवा पनि उपलब्ध गराउने बताएको छ । बिर्तामोड शाखामा बैंकर्स दिपेन्द्र बुढाथोकी, व्यवसायी प्रियन्का शंकर र सोमना महत सञ्चालक रहनुभएको छ ।

अहिलेको समय बिना सीप र अनुभव र कलेज भर्ना प्रक्रिया, लागत, भाषा, बस्तु स्थिति नबुझी जाने हुदा धेरै विद्यार्थीहरु समस्या परेको र अभिभावकहरु आर्थिक समस्या पर्ने जस्तो समस्यालाई सहयोग गर्न अनुभवी परामर्श दाता टिमहरु रहेको र विभिन्न बिषयमा ब्यवस्थित कक्षा संचालन हुने हुदा केही विद्यार्थीहरुलाइ छात्रवृत्ति एवम् अन्य सस्थागत सुबिधा समेत दिने बुढाथोकीले बताउनुभयो ।

कार्यक्रम कन्सलटेन्सीका सञ्चालक उद्धबबहादुर खड्का र नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) का झापा अध्यक्ष रोसन सुवेदीले सोमबार उद्घाटन गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
282
सम्बन्धित

लोकप्रिय

लोकप्रिय