लायन्स क्लब अफ बिर्तामोड सिटीको पदस्थापन इलामको कन्याममा सम्पन्न

इलाम । लायन्स क्लब अफ बिर्तामोड सिटीको पदस्थापन कार्यक्रम पूर्वी पर्यटकीय नगरी इलामको कन्याममा सम्पन्न भएको छ । आईतबार साँझ कन्यामको होटल केभिसीमा एक समारोहको आयोजन गर्दै वर्ष सन् २०२४–२५को नयाँ कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको हो ।


लायन्स क्लब अफ इन्टरनेशनल ३२५‘सी’ का गभर्नर विकास अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा क्लबका वर्ष २०२४–२५का अध्यक्ष उपेन्द्र बानीयाँ नेतृत्वको समितिको पदस्थापन गरिएको हो । बानीयाँको अध्यक्षतामा चयन भएको वर्ष २०२४–२५ लागि समितिको प्रथम उपाध्यक्षमा राजकुमार गुप्ता, द्धितिय उपाध्यक्षमा संजय चौधरी, त्रितृय उपाध्यक्षमा प्रकाश पुरी, सचिमा लक्षुमण खड्का(प्रेम), सहसचिवमा मनोज रौनियार र कोषाध्यक्षमा राजकुमार शाह चयन हुनुभएको छ ।

वर्ष २०२३–२४का अध्यक्ष दुर्गा थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा २०२४–२५का अध्यक्ष र पदाधिकारीसहित सिंगो टिमलाई प्रमुख अतिथि ३२५सी का गभर्नर अधिकारीले पदस्थापन गराउनु भएको थियो । उहाँले समितिलाई शपथग्रहण समेत गराउनु भएको थियो । कार्यक्रममा वर्ष २०२३–२४का अध्यक्ष दुर्गा थपलियाले लायन्सको नियम अनुसार वर्ष २०२४–२५का अध्यक्ष उपेन्द्र बानीयाँलाई पद हस्तनान्तरण गर्नुभयो ।


पदस्थापनपछि स्वरीकारोक्ति मन्तव्य राख्दै अध्यक्ष बानीयाँले वर्ष २०२४–२५ मा क्लब सामाजिक कार्यमा सक्रिय रहने बताउनुभयो । स्थानीय सरकार र विभिन्न संघसंस्थासंग भाइचाराको सम्बन्ध बनाउदै लायन्सले समाजमा गरिरहेको सामाजिक कार्यलाई थप सक्रियताकासाथ अगाडी बढाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । क्लबले बानीयाँको नेतृत्वमा गत असार महिनाबाट नै विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

त्यसअघि आफ्नो मन्तव्य राख्दै बर्ष २०२३–२४का अध्यक्ष दुर्गा थपलियाले आफ्नो कार्यकालमा भएका कामहरुको जानकारी गराउनुभएको थियो । उहाँले एक बर्षको अवधिमा बिद्यार्थीहरुका लागि पोशाक तथा शैक्षीक सामाग्री बितरण, रक्तदान, दृष्टीविहिनका लागि सहयोग लगायतका विभिन्न १६ वटा महत्वपूर्ण कार्यक्रमहरु क्लबले सम्पन्न गरेको जानकारी गराउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब अफ इन्टरनेशनल ३२५‘सी’ का गभर्नर लायन विकास अधिकारी, फस्ट भि.डि.सी लायन बबरजंग थापा, सेकेन्ड भि.डि.सी लायन लिला चिमरीया, लायन्स क्लब अफ इन्टरनेशनल ३२५‘सी’ का पिडिजिएम लायन धिरज गुरुङ, क्याबिनेट टेजरर् लायन रमेश खत्री, ३२५‘सी’ एरीया ‘टु’ का चिफ लायन नेत्र चौलागाई, एरीया ‘वान’का चिफ शैलेन्द्र कुरुङवाङ, चिफ एडमिस्टेटर रोशन बुढाथोकी, लायन्स क्लबका डिस्ट्रिक चिफ तथा लायन्स क्लब अफ बिर्तामोड सिटीका संस्थापक अध्यक्ष नीरजकुमार ओली लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा लायन्स क्लब अफ इन्टरनेशनल ३२५‘सी’ का सेकेन्ड भि.डि.सी लायन लिला चिमरीयालाई सम्मान गरिएको थियो । कन्यामको पर्यटन प्रवर्दनमा समेत टेवा पुर्याउने उदेश्यले संचालन गरिएको कार्यक्रममा लायन्स क्लबका विभिन्न जिम्मेवारीमा रहेका लायनहरुको आतिथ्य रहेको थियो ।

लायन्स क्लब अफ बिर्तामोड सिटीका सचिव सचिमा लक्षुमण खड्का(प्रेम)ले संचालन गर्नुभएको कार्यक्रममा बर्ष २०१७–१८ मा स्थापना भएको लायन्स क्लब अफ बिर्तामोड सिटीमा आवद्ध विभिन्न जिम्मेवारीमा रहेका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो । कार्यक्रममा क्लबमा आवद्ध भएका नयाँ लायनहरुलाई सदस्यता समेत बितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
1
+1
0
+1
0
846
तिलक योञ्जन
तिलक योञ्जनhttps://khabarkheti.com/
उनी खबरखेती डटकमका सम्पादक हुन् ।
सम्बन्धित

लोकप्रिय

लोकप्रिय