रविकिरण बान्तवा, बिर्तामोड । आगामी भदौ १४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र वर एण्ड वधुले आफ्नो प्रमोशनल टुर झापाको बिर्तामोडबाट शुरुवात गरेको छ ।
आज विहिबार स्लाइस एण्ड स्पाइस क्याफे बिर्तामोडमा चलचित्रका कलकारहरु आचल शर्मा, किरण केसी र नवनायक विबेक कर्मचार्य सहित निर्देशक मिलन चाम्स र चलचित्रका निर्माता जानुका थापाले पत्रकारहरुसंग अन्तरक्रिया गरेका छन् ।
चलचित्र वर एण्ड वधुलाई नेपाल लगायत रोमानिया, इटाली र फ्रान्सको बिभिन्न रमणिय स्थलहरुमा छायाँकन गरिएको निर्देशक चाम्सले बताउनुभयो । आफुले निर्देशन गरेका चलचित्रहरु मध्ये लिलिबिलिपछि रिच क्यानभासमा तयार पारिएकोे आफ्नो दोस्रो चलचित्र वर एण्ड वधु रहेको चाम्सले पत्रकारहरुलाई जानकारी गराउनुभएको थियो ।
नवनायक विबेक कर्मचार्यले आफु चलचित्र क्षेत्रमा नयाँ भए पनि वर एण्ड वधु मार्फत दर्शकहरुले आफ्नो अभिनयलाई रुचाइ दिनु हुन्छ भन्नेमा पुर्ण विश्वास्त रहेको बताउनु भएको थियो । नायीका आचल शर्मा र हास्य कलकार किरण केसिले यो चलचित्रको कथा वस्तुसहित प्राविधिक पक्ष उत्कृष्ट रहेको बताउनुभयो । चलचित्र युनीटले दर्शकहरुलाई एक पटक यो चलचित्र हेर्न अनुरोध पनि गरेको छ ।
निर्देशक मिलन चाम्सले यस अगिका चलचित्रहरु मर्फत नेपाली फिल्म क्षेत्रमा आफ्नो छुट्टै पहिचान र निर्देशन शैली स्थापित गरिसकेको छ । चलचित्रका निर्माता जानुका थापाले चाम्सको निर्देशन भन्ने बितिकै फिल्मप्रति दर्शकहरुको सकरात्मक प्रतिक्षा रहने भएकाले पनि मिलन चाम्ससँग सहकार्य गरेकोे बताउनु्भयो ।
उक्त अन्तरक्रिया कार्यक्रमको सञ्चालन सुनिता तामाङले गर्नुभएको थियो । स्लाइस एण्ड स्पाइस क्याफेका सञ्चालक रजत साहेवालाले कलकारहरुलाई खदा लगाइदिएर स्वगत गरेका थिए ।
पत्रकार/लेखक बान्तवा चलचित्र पत्रकारसंघ झापाका सदस्य हुन् ।