झापामा १२ पालिकाका आफ्नै अस्पताल

बिर्तामोड । झापाका १२ वटा पालिकाले न्यूनतम १५ शैय्याको अस्पताल सञ्चालनमा ल्याएका छन् । झापामा १५ वटा पालिका रहेका छन् । पालिका आफैँले सञ्चालन गरेका अस्पतालमा आपतकालीन, प्रसूति, प्रयोगशाला र अल्ट्रासाउन्डलगायतका सेवा उपलब्ध छन् ।

दमक, बिर्तामोड र अर्जुनधारामा नगर क्षेत्रभन्दा बाहिर समेत सेवा दिनेगरी बढी क्षमताको अस्पताल सञ्चालनमा छन् । मेचीनगर, कनकाई र गौरादह नगरपालिकामा नगर अस्पताल सञ्चालन भइरहेका छन् ।

बुद्धशान्ति, हल्दिबारी, कमल, बाह्रदशी, झापा र गौरीगञ्ज गाउँपालिकामा आधारभूत अस्पतालमार्फत पालिकाबासीले स्वास्थ्योपचार सेवा पाइरहेको स्वास्थ्य कार्यालय झापाका सूचना अधिकारी चुडामणि लुइँटेलले बताए ।


कचनकवल गाउँपालिका र शिवसताक्षी नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा छन् । ती पालिकाले आधारभूत अस्पताल सञ्चालनका लागि तयारी गरिरहेको जनाएका छन् ।

भद्रपुर नगरपालिकामा सुविधासम्पन्न प्रादेशिक अस्पताल छ भने बिर्तामोड, दमक, भद्रपुर, मेचीनगर र कनकाईमा निजी क्षेत्रका ठुला अस्पताल छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
105
सम्बन्धित

लोकप्रिय

लोकप्रिय