गण्डकीमा डेंगी संक्रमणको महामारी, २७ सयलाई पुष्टि

पोखरा । गण्डकी प्रदेशमा डेंगी संक्रमणले महामारीको रूप लिएको छ। प्रदेशका ११ मध्ये मुस्ताङबाहेक सबै जिल्लामा डेंगी संक्रमित भएका छन्। यो वर्ष डेंगीले गण्डकीका तीन जनाको ज्यान लिएको छ। तनहुँमा दुई जना र कास्कीमा एक जनाको डेंगी संक्रमणको कारण ज्यान गएको हो। तीनै जनाले साउन महिनामा ज्यान गुमाएका हुन्।

संक्रमितको संख्या पनि दिनकै बढिरहेको छ। स्वास्थ्य निर्देशनालय, गण्डकीका तथ्यांक अधिकृत ऋषिराम पौडेलका अनुसार मंगलबार साँझसम्म १० जिल्लामा २ हजार ६९१ जनालाई संक्रमणको पुष्टि भएको छ।

सबैभन्दा बढी संक्रमित तनहुँमा छन्। स्वास्थ्य कार्यालय, तनहुँको तथ्यांकअनुसार तनहुँका सात स्थानीय तहका एक हजार २८१ संक्रमित भएका हुन्। स्थानीय तहले सञ्चालन गरेका अस्पतालसँगै संघीय सरकार मातहातका जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र प्रदेश सरकारमार्फत सञ्चालित दमौली जिल्ला अस्पताल डेंगीका संक्रमितले भरिएका छन्।


देशभरमै तनहुँ डेंगी संक्रमितको संख्यामा पहिलो नम्बरमा छ। जिल्लाको आँबुखैरेनी गाउँपालिकामा मात्रै ९४७ जना संक्रमित भएका छन्। शुक्लागण्डकी नगरपालिकामा १४८, व्यास नगरपालिकामा ९८, बन्दीपुर गाउँपालिकामा ७१ जनालाई डेंगी संक्रमण पुष्टि भएको हो ।

म्याग्दे गाउँपालिकामा ७, भीमाद र भानु नगरपालिकामा ५र५ जना संक्रमित भएका छन्। ऋषिङ, घिरिङ र देवघाट गाउँपालिकामा हालसम्म संक्रमित फेला परेका छैनन्। गत वर्ष तनहुँमा ७ हजार २२७ जना संक्रमित भएको तथ्यांक छ। देशसञ्चार

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
115
सम्बन्धित

लोकप्रिय

लोकप्रिय