मेयर बालेन र उपमेयर सुनिताको फेक अश्लील भिडिओ बनाउने पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरलाई जोडेर अश्लील फेक भिडिओ बनाएको आरोपमा एक युवक पक्राउ परेका छन् ।

प्रहरीको साइबर ब्युरोले बाजुराका २२ वर्षीय रमेशबहादुर रावतलाई पक्राउ गरेको हो । उनले आर्टिफिसियल इन्टेलिजेन्स एआई प्रयोग गरेर विशिष्ट व्यक्तिहरुको फेक भिडिओ बनाउँदै आएको प्रहरीको दावी छ ।

उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरिएको ब्युरोले जनाएको छ । हालैमात्र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनीता डंगोललाई जोडेर बनाइएको एआइ भिडिओ भाइरल भएको थियो । त्यसविरुद्ध सुनीताले साइबर ब्यूरोमा उजुरी समेत गरेकी थिइन् ।


पक्राउ परेका युवक सिन्धुपाल्चोकमा मेडिकल व्यवसाय गर्छन् । उनले अरु पनि फेक भिडिओ बनाउने गरेको पाइएको छ । तीन पार्टीका प्रमुख नेताहरु डान्स गरेको भिडिओ पनि उनले बनाएका थिए ।ती युवाले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणालाई जोडेर पनि भिडिओ बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
135
सम्बन्धित

लोकप्रिय

लोकप्रिय