सव-डिभिजन वन सुखानीमा थन्किएका करोडौंका सवारीसाधन कवाडीमा परिणत, तस्बिरहरु

सुखानी । इलामको माई नगरपालिका–४ स्थित माई सव–डिभिजन वन कार्यालय सुखानीमा बर्षौदेखि थन्किएका सवारीसाधनहरु कवाडीमा परिणत हुने अवस्थामा पुगेका छन् ।

बर्षौदेखि थन्किएर काम नलाग्ने अवस्थामा रहेका यी सवारीसाधनहरु काठ चोरी तथा तस्करीमा संलग्न भएका बखत पक्राउ परेका हुन् ।

सव–डिभिजन वन कार्यालय सुखानीमा हाल जम्मा २३ वटा सवारी साधन थन्किएको कार्यालयकी प्रमुख वन अधिकृत मनिशा कार्कीले जानकारी दिनुभयो । कार्कीको अनुसार ११ वटा ट्याक्टर, २ वटा ट्रक, ८ वटा पिकअप र २ वटा टेम्पो हाल बेवारीसे अवस्थामा थन्किएका छन् ।


चालु आर्थिक बर्षमा एउटा पिकअप पक्राउ परेको छ भने अन्य सवारी विभिन्न समयमा पक्राउ परेका हो । यी सवारी साधनको बिक्री तथा लिलामीमा सम्बन्धित निकायले ध्यान नदिदाँ करोडौंको सवारी साधन हाल कवाडीमा परिणत हुने अवस्था बनेको छ ।

हेर्नुस् तस्बिरहरु :

तस्बिरहरु : तिलक योञ्जन/खबरखेती

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
1
285
तिलक योञ्जन
तिलक योञ्जनhttps://khabarkheti.com/
उनी खबरखेती डटकमका सम्पादक हुन् ।
सम्बन्धित

लोकप्रिय

लोकप्रिय