झापा । झापाको हाल्दिबारीमा डेंगीको संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
डेंगीको संक्रमणबाट हल्दिबारीकी विमला दाहाल पौडेलको मृत्यु भएको हो ।
उनको उपचारको क्रममा बिर्तामोडको बिएण्डसी अस्पतालमा आज दिउँसो मृत्यु भएको परिवारले जनाएको छ ।
४२ बर्षकी ऊनी शिक्षण पेशामा आवद्ध थिइन् । हल्दिबारी ३ को चिल्ड्रेन गार्डेन अङ्ग्रेजी बिद्यालयमा उनी कार्यरत थिइन ।
उनको श्रीमान, एक छोरा र एक छोरी छन् ।