ब्राउनसुगर कारोबारी शरणार्थी युवतीसहित तीन जना पक्राउ

झापा । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित झापामा भुटानी शरणार्थी युवती र मेचीनगरका दुई युवा पक्राउ परेका छन् ।


पक्राउ पर्नेहरुमा मेचीनगर १० का २९ वर्षीय राजिव साह र सोही ठाउँ बस्ने २८ वर्षीय महमद अजिम रहेका छन् । यसैगरी, दमक ३ स्थित बेलडाँगी शरणार्थी शिविरकी २३ वर्षीया प्रमिला गुरुङ रहेकी छन् ।

गएराति ९ः५५ बजे मेचीनगर ६ स्थित पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा नेपालतर्फ मे १० प १३३८ नम्वरको मोटरसाइकलमा आउँदै गरेका चालक साह र पछाडि सवार अजिमको साथबाट प्लाष्टिकसहित ५ ग्राम ७९० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।


यसैगरी, हिजो साँझ ७ः३० बजे बेलडाँगी शिविर बस्ने गुरुङलाई लागूऔषध बेचबिखन गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी बाघखोरबाट टोली खटिएर चेकजाँच गर्दा उनको साथबाट प्लाष्टिकसहित १ ग्राम ६६० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

उनीहरुलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टा र दमकमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
310
तिलक योञ्जन
तिलक योञ्जनhttps://khabarkheti.com/
उनी खबरखेती डटकमका सम्पादक हुन् ।
सम्बन्धित

लोकप्रिय

लोकप्रिय