झापामा नेपाल र भारतका नेवार समुदायको अन्तराष्ट्रिय विचार गोष्ठी

बिर्तामोड । भारत र नेपालका नेवार समुदायले झापामा संयुक्त अन्तराष्ट्रिय विचार गोष्ठी तथा अन्तरक्रिया गरेका छन् । नेवार समुदायको भाषा, कला र संस्कृतिको उत्थान गर्दै आएका भारत र नेपालका नेवारहरुले बिर्तामोडमा आयोजित कार्यक्रममा विचार आदनप्रदान गरेका हुन् ।


नेवाः देय् दबूको केन्द्रिय समिति नेपाल र अखिल भारतीय नेवार संगठनको संयुक्त आयोजनामा भएको गोष्ठीमा दुवै तर्फबाट कार्यपत्र प्रस्तुत गरिएको थियो । नेपालको तर्फबाट उमेश स्थापितले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने भारतको तर्फबाट अखिल भारतीय नेवा संगठनका महासचिव श्याम प्रधानले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

गोष्ठीमा पेश गरिएको कार्यपत्रमा नेवार समुदायको अवस्था र सांगठनीक गतिविधिको बिषयमा जानकारी गराइएको थियो । कार्यक्रममा भारत र नेपालका नेवार समुदायको बाक्लो उपस्थिति रहेको थियो । नेपाल र भारतका नेवारहरुको संस्कृतिक र सांगठनीक अनुभव र इतिहास आदनप्रदान गर्दै भाइचारा सम्बन्ध बृद्धिगर्ने कार्यक्रमको मुख्य उदेश्य रहेको कार्यक्रम संयोजक तथा नेवाः देय् दबू झापाकी बरिस्ठ उपाध्यक्ष तिलरुपा श्रेष्ठले जानकारी दिनुभयो ।


नेवाः देय् दबूका केन्द्रिय अध्यक्ष पवित्रामान ब्रजर्चायको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा अखिल भारतीय नेवा संगठनका अध्यक्ष सुर्यनारायण प्रधानको नेतृत्वमा अखिल भारतीय नेवा संगठनमा आवद्ध नेवार समुदायको उपस्थिति रहेको थियो । नेवाः देय् दबूका अन्तरास्ट्रिय विभाग प्रमुख दिनेश शाक्यले स्वागत गर्नुभएको कार्यक्रमको संचालन नेवाः देय् दबूका केन्द्रिय महासचिव सत्यनारायण दंगोलले गर्नुभएको थियो ।

नेवाः देय् दबू झापा जिल्ला, नेवाः देय् दबू बिर्तामोड र नेवाः पासा मुना पुचको संयुक्त व्यवस्थापनमा २ दिवसीय कार्यक्रम आयोजना गरिएको नेवाः देय् दबूका कोशी प्रदेश सचिवालय सदस्य ओमप्रकाश श्रेष्ठले जानकारी दिनुभयो । भारत र नेपालमा रहेका नेवार समुदायको संगठन बिस्तार तथा सांगठनीक समन्वयको बिसयमा आइतबार दुवै देशका नेतृत्व तहमा बृहत छलफल हुने उहाँले बताउनुभयो ।

नेवाः देय् दबूको पाचौं केन्द्रिय समितिको बैंठक भोलि आईतबार बिर्तामोडमा बस्ने छ । बैंठकमा सहभागि हुन् नेपाल र भारतका विभिन्न स्थानहरुबाट नेवार समुदायको उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
280
तिलक योञ्जन
तिलक योञ्जनhttps://khabarkheti.com/
उनी खबरखेती डटकमका सम्पादक हुन् ।
सम्बन्धित

लोकप्रिय

लोकप्रिय