भद्रपुरबाट दमकका दुई युवा ब्राउन सुगरसहित पक्राउ

झापा । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित झापा दमकका थप दुई जना युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दमक ९ र १० नम्बर वडाका युवा छन् । आज साँझ ५ः२० बजे भद्रपुर ५ मेची पुलस्थित अस्थायी प्रहरी बिटबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका प्र. १-०१-०१२ प ४२७७ नम्बरको स्कुटी चालक दमक ९ का अन्दाजी २५ वर्षीय संजय लावती र पछाडि सवार दमक १० बस्ने अन्दाजी २८ वर्षीय काजिमान गुरुङलाई चेकजाँच गरेको थियो ।

प्रहरीले शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट प्लाष्टिकसहित २ ग्राम ४० मिलिग्राम ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुवै जनामाथि अनुसन्धान जारी रहेको डीएसपी कृष्णकुमार चन्दले बताए ।

हिजोमात्र झापा गाउँपालिकामा दमकका तीन जना युवा ब्राउन सुगरसहित पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
400
सम्बन्धित

लोकप्रिय

लोकप्रिय