झापामा ९२ प्रतिशतभन्दा बढी धान रोपाइँ सकियो

विर्तामोड। साउनको दोस्रो सातासम्म आइपुग्दा झापामा ९२ प्रतिशतभन्दा बढी धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ। झापामा धान खेती हुने कुल ७५ हजार हेक्टर क्षेत्रफलमध्ये ६९ हजार हेक्टर खेतमा धान रोपाइँ भएको छ।

कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले झापाको धान खेती जमिनमध्ये ९२ प्रतिशतमा रोपाइँ भएको बताए । यो अनुपात अघिल्लो वर्षको तुलनामा यो वर्ष बर्खे धान खेतीको क्षेत्रफल घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ।

गत वर्ष ८५ हजार ७५० हेक्टरमा बर्खे धान खेती गरिएको थियो भने चार लाख ६३ हजार मेट्रिकटन धान उत्पादन भएको कार्यालयले जनाएको छ । यसैगरी यस वर्ष अघिल्लो वर्षको तुलनामा चैते धान खेतीको समेत क्षेत्रफल बढेको छ।


अघिल्लो वर्ष झापामा १९ हजार ८ सय हेक्टरमा चैते धान खेती गरिएकोमा यस आर्थिक वर्षमा २० हजार हेक्टरमा चैते धान खेती गरिएको कृषि कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

झापामा यस आर्थिक वर्षमा १ लाख १६ हजार मेट्रिकटन चैते धान उत्पादन गरिएको छ। झापामा यस आर्थिक वर्षमा कृषि ज्ञान केन्द्रको सहयोगमा छ वटा पालिकाका १०५ बिघामा मेसिनले रोपाइँ गरिएको छ।

कृषकलाई प्राविधिक अभ्यस्त गराउने उद्देश्यले जिल्लाको भदपुरमा १० बिघा, बिर्तामोडमा ७ बिघा, शिवसताक्षीमा १२ बिघा, गौरीगञ्जमा १० बिघा, गौरादहमा ३० बिघा र मेचीनगरमा ३६ बिघा मेसिनको प्रयोग गरेर नमुना धान खेती गरिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
105
सम्बन्धित

लोकप्रिय

लोकप्रिय