रोङको बाल बचत खाता : एक रुपैयाँ बचतले आठ महिनामा १९ लाख बढी जम्मा

इलाम । इलामको रोङ गाउँपालिकाले सामुदायिक बिद्यालयमा सञ्चालनमा ल्याएको बाल बचत खातामा आठ महिनाको अवधिमा १९ लाख बढी रकम जम्मा गरेको छ । गाउँपालिकाले कार्यविधि बनाएर २०८० साल मंसिर १ गतेदेखि पालिका भित्रका सामुदायिक बिद्यालयमा भर्ना भएका बिद्यार्थीको बचत दैनिक एक रुपियाँ बचत थालेको थियो । २०८१ असार मसान्तसम्म प्रतिबिद्यार्थी एक रुपियाँ दरले जम्मा गर्दा १९ लाख ६ हजार चारसय ८८ रुपियाँ बैंकमा जम्मा भएको हो ।

अध्यक्षसँग बिद्यार्थी बिद्यालयमा आधारित उधमशिलता कार्यबिधी–२०८० बनाएर गाउँपालिकाले २०८० लाख असोज २५ गते कार्यपालिकाबाट स्वीकृत गरी लागु गरेको थियो । गाउँपालिकाले सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीको दैनिक बचत गर्न प्राइम कमर्सियल बैकसँग दोहोरो सम्झौतागरी एक हजार आठसय ६९ जना बिद्यार्थीको खाता खोलिएको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबोले जानकारी दिए।

२०८१ असार मसान्तसम्मको आठ महिना अवधिमा दैनिक एक रुपयिाँका दरले बिद्यार्थीको तर्फबाट १४ लाख ११ हजार आठ सय २७ रुपियाँ, गाउँपालिकाको तर्फबाट तीन लाख सात हजार सातसय ६१ रुपियाँ र बैंकको तर्फबाट प्रतिबिद्यार्थी एक सयका दरले एक लाख ८६ हजार नौसय रुपियाँ जम्मा भएको छ ।


बैंकले बिद्यार्थीको खाता खोल्दा प्रतिबिद्यार्थी एक सय रुपियाँ जम्मा गर्ने गरेको छ । पालिकाले बिद्यार्थी बिद्यालय आएको दिन एक रुपियाँका दरले जम्मा गरीदिने गरेको छ । अविभावकले मासिक रुपमा गाउँपालिकामा बचत जम्मा गरेपछि पालिकाले बैंकमा रकम जम्मा गर्ने गरेको छ । बिद्यार्थीको रकम जम्मा भए नभएको हेर्न पालिकाले सफ्टवेयर बनाएको छ ।

रकम जम्मा भएको पालिकाले बनाएको सफटवेयरमा देखिने हुँदा कुनै समस्या नहुने गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख श्रुती तामाङले जानकारी दिइन् । रोङ गाउँपालिकामा ३० वटा सामुदायिक र दुई वटा संस्थागत बिद्यालय रहेका छन् । पालिका भित्र बैंक खाता सञ्चालन गर्दा दुई हजार दुईसय ५३ जना बिद्यार्थी थिए । अहिले एकसय १२ जना थपिएका छन । पालिकाले बिद्यालयमा आइसीटि शिक्षा अन्तर्गत नौ वटा माध्यमिक बिद्यालयमा सीसीटिभी र इलेक्ट्रोनिक हाजीरी र ल्याव स्थापन गरेको छ । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
80
सम्बन्धित

लोकप्रिय

लोकप्रिय