काँकडभिट्टा नाका हुँदै एक बर्षमा भारतबाट २१ करोड रुपैयाँको फर्सी आयत

झापा। एक बर्षको अवधिमा भारतबाट काँकडभिट्टा नाका हुँदै नेपालमा २१ करोड रुपैयाँको फर्सी आयत भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका अनुसार आर्थिक बर्ष २०८०/८१ मा २१ करोड १४ लाख ८० हजार मुल्यको १० हजार ५७४ मेट्रिक टन फर्सी नेपाल भित्रिएको हो ।

पूर्वी पहाडी जिल्लामा पर्याप्त उत्पादन हुने फर्सी बिक्री नभएर किसानहरुले गाईवस्तुलाई खोले बनाएर खुवाउँने गरेका छन् । तर, त्यही फर्सी सहरी क्षेत्रमा भने भारतबाट ठूलो मात्रामा आयात हुने गरेको तथ्यांकले देखाएको छ ।

त्यस्तै सोहि अवधिमा १ अर्ब २ करोड २२ लाख ६० हजार मूल्य बराबरको ५१ हजार ११३ मेट्रिक टन गोलभेँडा भारतबाट आयत भएको छ । त्यसैगरि २९ करोड ५७ लाख ४० हजार मूल्य बराबरको १४ हजार ७८७ मेट्रिक टन हरियो खुर्सानी पूर्वी नाका हुँदै भारतबाट भित्रिएको छ ।


सोही अवधिमा रु.५७ करोड ७३ लाख ८० हजार मूल्य बराबरको २८ हजार ८६९ मेट्रिक टन करेला, रु. ३० करोड सात लाख ८० हजार मूल्य बराबरको १५ हजार २९ मेट्रिक टन भिन्डी र रु. १५ करोड ६७ लाख २० हजार मूल्य बराबरको सात हजार ८३६ मेट्रिक टन सिमी भारतबाट यो नाका हुँदै आयात भएको प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी ठाकुरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
100
सम्बन्धित

लोकप्रिय

लोकप्रिय