वडा अध्यक्षको नेतृत्वमा बिर्तामोड–चन्द्रगढी सडक खण्डमा चक्काजाम, तस्बिरहरु

बिर्तामोड । निर्माण कार्यमा ढिलासुस्ती भएको भन्दै बिर्तामोड–चन्द्रगढी सडक खण्डमा चक्काजाम गरिएको छ ।


आज बिहान करिब ९ः १५ बजेबाट उक्त सडकमा स्थानीयले सवारी आवगमन ठप्प पारेका हुन् ।

बिर्तामोड नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष अजय कार्कीको नेतृत्वमा करिब ३५ जना स्थानीयहरुले देउनियाँ स्थित स्कुल डाँडामा सडक अवरोध गरेका छन् । उनीहरुले सडकमा बास र ढुङ्गाहरु तेर्साएर चक्काजाम गरेका छन् ।


सडक अवरोध गरिएपछि प्रहरी टोली परिचालन भई सवारी साधनहरुलाई बैकल्पिक बाटो तर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

निर्माण सुरु भएको लामो समय बितिसक्दा पनि निर्माण कार्य सम्पन्न गर्न ढिलासुस्ती भएको भन्दै यो सडकमा स्थानीयले विरोध स्वरुप अवरोध गर्दै आएका छन् ।

यो सडक झापा जिल्लाको मुख्य शहर बिर्तामोडलाई सदरमुकाम चन्द्रगढी जोड्ने महत्वपूर्ण मार्ग हो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
185
सम्बन्धित

लोकप्रिय

लोकप्रिय