झापामा ब्राउनसुगरसहित एकैदिन पाँचजना पक्राउ

बिर्तामोड । झापामा हिजो साँझ प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित पाँचजना पक्राउ परेका छन् । उनीहरु बिर्तामोड, मेचीनगर र झापा गाउँपालिकाबाट पक्राउ परेका हुन् ।


हिजो साँझ ७ः४० बजे अर्जुनधारा ११ स्थित नयाँ बसपार्कमा शंकास्पद अवस्थामा बसिरहेका सिन्धुली तीनपाटन गाउँपालिका १ घर बताउने धनबहादुर बस्नेतलाई ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट प्लाष्टिकसहित ५ ग्राम ३४० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

त्यस्तै, हिजो साँझ ७ः३० बजे मेचीनगर १० धाइजन ढाटमा गोप्य सूचनाको आधारमा प्रहरी टोलीले मेचीनगर ६ का सोनु तामाङलाई ब्राउन सुगरहित पक्राउ गरेको छ । उनको साथबाट प्लाष्टिकसहित २ ग्राम १४० मिलिग्राम ब्राउनसुगर फेला परेको र संगै रहेका साथी सुरेश गुरुङलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।


यसैगरी, हिजो साँझ ७ः३० बजे झापा गाउँपालिका ४ स्थित हुलाकी सडकखण्डमा प्रहरी टोलीले चर्तागाछीबाट सुरुङगातर्फ आउँदै गरेको प्र। १(०१(०१५ प ७८०८ नम्बरको स्कुटीलाई चेकजाँच गर्दा ब्राउनसुगर फेला परेको थियो । स्कुटीमा सवार कमल गाउँपालिका १ बस्ने मौसम लिम्बू र पछाडि सवार सर्मिला राईको साथबाट प्रहरीले प्लाष्टिकसहित ८ ग्राम १० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
145
सम्बन्धित

लोकप्रिय

लोकप्रिय