झापाको अर्जुनधारामा धान खेतमा एक व्यक्ती मृत फेला

अर्जुनधारा । झापाको अर्जुनधारा वडा नम्बर १ स्थित सक्रिय टोलमा स्थानीयकाे धान खेतमा एक व्यक्ती मृत फेला परेका छन् ।


अर्जुनधारा १ को वडा कार्यालय नजिकै पहिचान खुल्न नसकेको अवस्थामा एक व्यक्ती मृत फेला परेको अर्जुनधारा वडा नम्बर १ का अध्यक्ष उपेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

वडा कार्यलयबाट करिब ५ सय मिटर पश्चिममा घोप्टो परेको अवस्थामा एक पुरुषको शव फेला परेको उहाँले बताउनुभयो ।


धानमा पानी लगाउन गएका स्थानीयले उक्त शव देखेपछि जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए ।

भर्खरै शनिश्चर प्रहरी चौकीबाट प्रहरीहरु घटना स्थल पुगेका छन् ।

यो पनि पढ्नुस :

अर्जुनधारामा धान खेतमा मृत भेटिएको शवको पहिचान खुल्यो

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
12
460
सम्बन्धित

लोकप्रिय

लोकप्रिय