अर्जुनधाराधाममा रोट्रयाक्ट क्लब बिर्तामोड मिडटाउनद्वारा निःशुल्क चिया र पानी वितरण

बिर्तामोड । रोट्रयाक्ट क्लब अफ बिर्तामोड मिडटाउनले साउनको पहिलो सोमबार झापाको अर्जुनधारा जलेश्व धाममा निःशुल्क चिया र पानी वितरण गरेको छ ।


क्लबको १० औं स्थापना दिवसको अवसर पारेर अर्जुनधारा जलेश्व धाममा श्रावणी पर्वको आसरमा आज पहिलो सोमबार भक्तजनहरुलाई निःशुल्क पानी र चिया बितरण गरिएको रोट्रयाक्ट क्लब अफ बिर्तामोड मिडटाउनका अध्यक्ष संजय अग्रवालले जानकारी दिनुभयो ।

मन्दिर परिसरमा बिहान करिब साँढे ४ बजेबाट नै रोट्रयाक्ट बिर्तामोडले चिया र पानी बितरण गरेको उहाँले बताउनुभयो । क्लबले दिउँसो करिब साँढे १ बजेसम्म चिया र पानी वितरण गरेको थियो ।


जलेश्वर धामको दर्शन र भगवान शिवलाई जल तथा बेलपत्र चढाउन आएका १७ सय भन्दा धेरै श्रदालुहरुले पानी र ८ सय भन्दाबढीले निःशुल्क चिया पिएको क्लबका अध्यक्ष अग्रवालले बताउनुभयो ।

श्रदालुभक्तजनहरुलाई चिया, पानी बितारण लगायतका सेवाका लागि अध्यक्ष अग्रवाल, सचिव प्युस खेताङ, कार्यक्रम संयोजक दिनेश खतिवडा, सामुदायीक सेवा संयोजक अर्पना साप्कोटा लगायत २८ जना रोट्रयाक्ट सदस्यहरुको उपस्थिति रहेको थियो ।

रोट्रयाक्ट क्लब अफ बिर्तामोड मिडटाउनले १० औं स्थापना दिवसको अवसरमा अर्जुनधारा जलेश्वर धाम परिसरमै केक समेत काटेर स्थापना दिवस मनाएको छ । रोट्रयाक्ट क्लब अफ बिर्तामोडका संस्थापक अध्यक्ष सरद जोशी र रोटरी अध्यक्ष राजेन्द्र अग्रवालले संयुक्त रुपमा १० औं स्थापना दिवसको केक काट्नु भएको थियो ।

डस्टबिन बितरण

रोट्रयाक्ट क्लब अफ बिर्तामोड मिडटाउनको १० औं स्थापना दिवसको अवसरमा अर्जुनधारा जलेश्वर धामलाई १० वटा डस्टबिन बितरण गरिएको छ । गत बर्ष ९ औं स्थापना दिवसको अवसरमा ९ बटा डस्टबिन बितरण गरेको क्लबले यो बर्ष १० वटा डस्टबिन धाम समितिलाई प्रदान गरेको क्लबका अध्यक्ष संजग अग्रवालले जानकारी दिनुभयो ।

आखाँको उपचार

१० औं स्थापना दिवसको अवसरमा रोट्रयाक्ट क्लब अफ बिर्तामोड मिडटाउनले एक जना विपन्न नागरिकको मोतियाबिन्दुको अप्रेसनसहितको उपचार गरिदिने तयारी भएको अध्यक्ष संजय अग्रवालले जानकारी दिनुभयो । त्यसकालागि ‘गिफ्ट अ भिजन’ संस्थासंग समन्वय गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
265
सम्बन्धित

लोकप्रिय

लोकप्रिय