साउनको पहिलो सोमबार, शिवालयमा जल र बेलपत्र चढाँउनेको भिड्

झापा । आज साउन महिनाको पहिलो सोमबार शिवालयहरुमा जल र बेलपत्र चढाँउनेको भिड् देखिएको छ । हिन्दू नेपालीहरुकालागि आजको दिनलाई विशेष रुपमा लिइन्छ ।


भगवान शिवलाई जल र बेलपत्र चढाँउनकै लागि सोमबारका दिन शिवालयहरुमा भक्तजनको भिड लाग्ने गरेको छ । साउने सोमबारको दिन मनोकामना पूरा हुने विश्वासकासाथ भगवान शिवलाई जल र बेलपत्र चढाँउने गरिन्छ ।

पूर्वको पशुपतिनाथको मन्दिरले परिचित झापाको अर्जुनधारा जलेश्वरधाममा पनि दर्शनार्थीको भिड देखिएको छ । यस मन्दिरमा पूर्वका विभिन्न स्थानका भक्तजनसाथै भारतको विभिन्न राज्यबाट पूजाआजा र दर्शन गर्नका लागि लाखौँ भक्तजनको भिड लाग्ने गरेको छ ।


हिन्दु परम्परा अनुसार साउन महिना शिवको प्रिय महिना हो । हिन्दु महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गर्दछन् । साउने सोमबारका दिन निराहार ब्रत बसी शिवजीको पूजा अराधना गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।

साउने सोमबारमा शिवजीको पूजा उपासना गर्नाले आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु र घर परिवारमा सुख शान्ति छाउने धार्मिक विश्वास छ ।

काठमाडौंको पशुपतिनाथसहित देशभरका शिवालयहरुमा आज जल र बेलपत्र चढाँउनेहरुको बाक्लो संख्या देखिएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
155
सम्बन्धित

लोकप्रिय

लोकप्रिय