अवकाश प्राप्त विभागीय प्रमुखहरूसंग नेपाल प्रहरीको अन्तरक्रिया

झापा । नेपाल प्रहरीले अवकाश प्राप्त विभागीय प्रमुखहरूसंग छलफल तथा अन्तरक्रिया गरेको छ ।


प्रहरीको अपराध अनुसन्धान विभागको आयोजनामा विभिन्न कालखण्डमा विभागीय प्रमुखको रूपमा जिम्मेवारी सम्हालेर हाल अवकाश प्राप्त विभागीय प्रमुखहरूसंग अन्तरक्रिया गरिएको नेपाल प्रहरी जानकारी दिएको छ ।

छलफलमा १ सय बर्ष पुग्नुभएका अवकाश प्राप्त प्रहरी उपरीक्षक चिन्ता बहादुर बस्नेतको समेत सहभागिता रहेको थियो ।


बस्नेतसंगै अन्य २२ जना अवकाश प्राप्त विभागीय प्रमुखहरूसँग अपराध अनुसन्धान विभागले अपराध अनुसन्धान तथा समसामयिक विषयमा खुल्ला छलफल तथा अन्तरक्रिया गरेको हो ।

नेपाल प्रहरीका विभागीय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले कार्यक्रममा उठेका जिज्ञासाहरूको सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
175
सम्बन्धित

लोकप्रिय

लोकप्रिय