झापा ट्राफिकको सक्रियता : १ बर्षमा ५ हजार भन्दाबढी सचेतना कार्यक्रम, घट्यो दुर्घटना

तिलक योञ्जन
तिलक योञ्जन

बिर्तामोड । झापा जिल्लामा ट्राफिक प्रहरीले सक्रियता बढाएसंगै सवारी दुर्घटना र त्यसबाट हुने क्षतिमा कमि आएको छ ।


पछिल्लो ३ बर्षको तथ्यांङ हेर्दा झापामा सवारी दुर्घटना संख्या र मानिसको मृत्यु संख्यामा कमि आएको देखिन्छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको तथ्यांक अनुसार जिल्लामा सवारी दुर्घटनाको संख्या र दुर्घटनामा परि मानिसहरुको मृत्यु हुने दरमा कमि आएको हो ।

ट्राफिक प्रहरीले जिल्लामा ट्राफिक सचेतना र व्यवस्थापना सक्रियता बढाएसंगै सवारी दुर्घटना र त्यसबाट हुने क्षतिमा कमि आएको देखिन्छ ।


घट्यो दुर्घटना र मृत्युदर

झापामा पछिल्लो ३ बर्षको तथ्यांक हेर्दा सवारी दुर्घटना संख्या र मानिसको मृत्यु संख्यामा कमि आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको तथ्यांक अनुसार जिल्लामा सवारी दुर्घटनाको संख्या र दुर्घटनामा परि मानिसहरुको मृत्यु हुने दरमा कमि आएको हो ।

जिल्लामा गत आर्थिक बर्ष २०८०/८१ मा पाँच सय ९३ वटा सवारी दुर्घटना भएको छ । उक्त दुर्घटनामा परि ८७ जनाको ज्यान गएको छ । सवारी दुर्घटनामा मृत्यु हुनेमा ७० पुरुष, १० महिला र ७ बालबालिका रहेका छन् । १ सय ६४ गम्भीर र ८ सय ३ जना सामान्य घाइते भएका छन् ।

अघिल्लो आव २०७९/८० को तुलनामा गत आवमा २६ दशमलव २७ प्रतिशतले सडक दुर्घटनामा कमी आएको हो । त्यस्तै २३ दशमलव ६८ प्रतिशतले मृत्युदरमा समेत कमि आएको छ । झापामा आव २०७९/८० मा ८ सय ४ सडक दुर्घटनाका घटना भएका थिए । उक्त दुर्घटनामा परि जिल्लामा १ सय १४ जनाले ज्यान गुमाएका थिए ।

त्यस्तै आव २०७८/९७ मा जिल्लामा ६ सय ११ वटा सवारी दुर्घटना भएका थिए । उक्त बर्ष झापामा १ सय १६ जनाले दुर्घटनामा ज्यान गुमाएका थिए ।

१ बर्षमा ५ हजार भन्दाबढी सचेतना कार्यक्रम

ट्राफिक प्रहरी कार्यालय झापाले गत आर्थिक बर्ष २०८०/८१ मा १ बर्षको अवधिमा ५ हजार भन्दाबढी ट्राफिक सचेतना कार्यक्रम संचालन गरेको छ ।

कार्यालयले एक बर्षको अवधिमा ट्राफिक सचेतनाका विभिन्न ५ हजार ४ सय ३० वटा कार्यक्रम सम्पन्न गरेको झापा ट्राफिकका प्रमुख प्रहरी निरिक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो ।

प्रहरी निरिक्षक नवराज न्यौपाने / प्रमुख : जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा

न्यौपानेले कमाण्ड सम्हाले यता ट्राफिक कार्यालय झापाले ट्राफिक सचेतना अभिवृद्धीलाई मुख्य उदेश्य बनाएको थियो । एक बर्षको अबधिमा जिल्लामा रहेका विभिन्न १३ वटा ट्राफिक पोष्टबाट उक्त संख्यामा सचेतना कार्यक्रम संचालन गरिएको न्यौपानेले बताउनुभयो । विभिन्न बिद्यालय, संघसंस्थासंगको समन्वयमा भएका कार्यक्रम, सवारी चालक तथा यात्रु सम्बन्धित कार्यक्रम लगायगतका सचेतना कार्यक्रम ट्राफिक प्रहरीले संचालन गरेको उहाँले जानकारी दिनुभयो ।

ट्राफिक सम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम र ट्राफिक प्रहरीको सक्रियताले सडक दुर्घटना कम भएको प्रहरी निरीक्षक न्यौपानेले बताउनुभयो । उहाँका अनुसार मापसे, तीव्र गति र चालकको लापरबाहीलगायतका मुख्य कारणले सवारी दुर्घटना हुने गरेको छ ।

२ लाख ३५ हजार लाभान्वित

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले १ बर्षको अवधिमा गरेको विभिन्न सचेतना कार्यक्रममा २ लाख भन्दाबढी मानिस लाभान्वित भएका छन् ।

कार्यलयको तथ्यांक अनुसार २ लाख ३५ हजार ९ सय ७७ जना मानिस सचेतना कार्यक्रममा सहभागि भएको कार्यालय प्रमुख न्यौपानेले बताउनुभयो ।

सो अवधिमा ट्राफिक कार्यालयले झापाका विभिन्न निजि तथा सामुदायिक बिद्यालयहरुमा मात्रै १ सय ९२ पटक ट्राफिक सचेतना कार्यक्रम संचालन गरेको तथ्यांकमा उल्लेख छ ।

सवारी कारबाही र राजश्व

झापा ट्राफिकले गतबर्ष ३ करोड ८६ लाख ८२ हजार ६ सय ४१ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । जिल्लामा गत आव २०८०/८१ मा ५७ हजार ४ सय ५६ सवारीसाधन कारबाहीमा परेका छन् ।

जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक न्यौपानेका अनुसार गत वर्ष सवारीसाधन कारबाहीबाट ३ करोड ८६ लाख ८२ हजार ६ सय ४१ रुपैयाँ राजस्व सङ्कलन भएको हो ।

गतवर्ष सबैभन्दा धेरै १६ हजार छ सय ७६ मोटरसाईकल कारबाहीबाट १ करोड ७ लाख ३१ हजार एक सय ४१ राजस्व सङ्कन गरिएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । त्यस्तै १८ हजार ६ सय ५७ कार तथा जीपलाई कारबाही गर्दा १ करोड ७ लाख २७ हजार राजस्व सङ्कलन भएको देखिन्छ ।

त्यस्तै १२ हजार ४ सय ९१ वटा ट्रक कारबाहीबाट १ करोड १५ लाख ७४ हजार राजस्व संकलन भएको छ । गतवर्ष सबैभन्दा धेरै १६ हजार ६ सय ७६ मोटरसाईकल कारबाहीमा परेका छन् । त्यस्तै २ हजार ८ सय ९१ बस कारबाहीबाट १७ लाख ६१ हजार राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

त्यस्तै २ हजार ८ सय ५४ ट्रयाक्टर कारबाहीबाट १६ लाख ५८ हजार रुपैयाँ र ३ हजार ८ सय ८७ वटा टेम्पो तथा अन्य सवारी कारबाहीबाट २२ लाख ३१ हजार ५ सय राजस्व संकलन गरिएको कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
1
+1
0
+1
0
580
तिलक योञ्जन
तिलक योञ्जनhttps://khabarkheti.com/
उनी खबरखेती डटकमका सम्पादक हुन् ।
सम्बन्धित

लोकप्रिय

लोकप्रिय