सुनको मूल्यमा नयाँ रेकर्ड

झापा । सुनको भाउले फेरि कीर्तिमानी उचाइ छोएको छ । साताको तेस्रो कारोबार दिन आज मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको हो ।

सोमबार प्रतितोला १ लाख ४६ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ९०० रुपैयाँले बढेको छ । यस दिन प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

यस दिन तेजावी सुन प्रतितोला १ लाख ४७ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

यसैगरी, यो दिन चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २६ हजार ७१५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २६ हजार ११५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६०७ रुपैयाँ तोकेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
275
सम्बन्धित

लोकप्रिय

लोकप्रिय