पश्चिम चितवनको गोलाघाटमा भेटियो चौथो व्यक्तिको शव

चितवन । पश्चिम चितवनको भरतपुर महानगरपालिका-२८ मा एक पुरुषको शव भेटिएको छ ।

नारायणी नदीको टापुमा घोप्टो परेको अवस्थामा अन्दाजी ३०/३५ वर्षको पुरुषको शव फेला परेको हो ।

शुक्रबार विहान नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट दुइटा बसहरु त्रिशुलीमा खस्दा बेपत्ता भएका यात्रुहरु मध्ये कुनै एक जना यात्रुको शव हुन सक्ने आशंका गरिएको छ । शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याउने तयारी गरिएको छ ।

हिजो शनिवार गोलाघाटमा १ र गैंडाकोटको थुम्सी नजिकै २ जनाको शव भेटिएको थियो । भेटिएका तीन वटै शवको सनाखत भइसकेको छ । उनीहरु मध्ये २ जना गणपति डिलक्सका र एक जना एन्जल डिलक्सका यात्रु हुन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
220
सम्बन्धित

लोकप्रिय

लोकप्रिय