सडकमै धान रोपेर कचनकवल गाउँपालिकाविरुद्ध युवाहरूको विरोध प्रदर्शन

झापा । दक्षिणी झापाको कचनकवल गाउँपालिका–५ स्थित आमजुवानीका युवाहरूले सडकमै धान रोपेर विरोध प्रदर्शन गरेका छन् ।


सडक नाली सफा गर्दा निकालिएको फोहोर मैलाले सडक हिलाम्मे भएको भन्दै आक्रोशित स्थानीय युवाहरूले धान रोपेर विरोध प्रदर्शन गरेका हुन् ।

विगतमा पटक–पटक कचनकवल गाउँपालिकालाई सडकको अवस्था सुधार्न अनुरोध गरिए पनि कुनै सुनुवाइ नभएको र मर्मत कार्य नहुँदा सडकमै धान रोपेर उनीहरूले आफ्नो असन्तुष्टि पोखेका थिए ।


युवाहरूको विरोधपछि कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशी घटनास्थलमा पुगेका थिए । उनले भोलिदेखि सडक मर्मतको काम सुरु हुने आश्वासन दिएर फर्किए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
210
सम्बन्धित

लोकप्रिय

लोकप्रिय