काठमाडौँ । नारायणी नदी किनार गौँडाकोटमा पनि थप दुई पुरुषको शव फेला परेको छ ।
चितवनको नारायणजगढ-मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालको पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बस र यात्रुको खोजी जारी रहँदा आजै अपराह्न पूर्वीनवलपरासीको गैँडाकोटस्थित नारायणी नदी किनारमा दुई पुरुषको शव फेला परेको छ।
माछा मार्ने बोटेहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। उक्त शव सिमलताल घटनापछि त्रिशूली नदीमा हराइरहेका यात्रुको हुनसक्ने अनुमान गरिएको छ।
चितवनका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालले शव भेटिएको पुष्टी गर्दै सिमलताल घटनामा परेका यात्रुको हो की होइन भनेर यकिन गर्न बाँकी रहेको बताएका छन् ।