मोरङको सुन्दरहरैँचामा कुखुरा फार्म सञ्चालकको हत्या

मोरङ । मोरङको सुन्दरहरैँचामा कुखुरा फार्म सञ्चालकको हत्या भएको छ। बिहीबार बिहान १०ः३० बजेतिर सुन्दरहरैँचा नगरपालिका-९ का ४९ वर्षीय सहदेव बजगाईँको हत्या गरेको अवस्थामा शव फेला परेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।


घरनजिकै कुखुरा फार्म सञ्चालन गर्दै आएका बजगाईँको त्यही फार्मभित्र शव भेटिएको कार्कीले बताए ।बजगाईँको टाउको तथा शरीरका अन्य भागमा गहिरो चोट देखिएको छ।

घटनास्थलमा रगत लतपतिएको अवस्थामा बन्चरो र दाउरा फेला परेको छ। मृतकको शरीरमा बन्चरो र दाउले प्रहार गरेजस्तो चोट देखिएको प्रहरी प्रमुख कार्कीले बताए।


यद्यपि, हत्यामा संलग्नको पहिचान भएको छैन । बजगाईँको कुखुरा फार्ममा काम गर्न श्रीमान्-श्रीमती बस्दै आएका थिए। घटनास्थलमा नभेटिएका कारण हत्या उनीहरूले नै गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

उनीहरूको खोजी भइरहेको कार्कीले बताए। मृतकको शव पोस्टमार्टमका लागि अस्पताल पठाएर छ भने घटनाबारे थप अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
160
सम्बन्धित

लोकप्रिय

लोकप्रिय