विवाद मिलाउने क्रममा दुई पक्षबीच कुटाकुट, कचनकवलका वडाध्यक्षसहित पाँच घाइते

कचनकवल । गाउँमा विवाद मिलाउने क्रममा कचनकवल गाउँपालिका ५ का वडाध्यक्ष नुर आलम र छिमेकी रैमु मियाको परिवारबीच घमासान लडाइँ भएको छ । दुई परिवारबीचको कुटाकुटमा कचनकवल गाउँपालिका ५ का वडाध्यक्ष आलम र उनकी श्रीमतीसहित पाँच जना घाइते भएका छन् ।

वडाध्यक्ष नुर आलम र छिमेकी मियाको परिवारबीच कुटाकुट हुँदा दुवै तर्फका पाँच जना घाइते भएका हुन् । कचनकवल ५ पाठामारीस्थित नयाँ हाट बस्तीमा वडा अध्यक्ष आलमको घरनजिक बस्ने रैमु मिया, उनकी श्रीमती सैरा खातुन, कान्छा छोरा सैरु मिया, छोरीहरू रुक्सना खातुन, सन्जना खातुन र बेल्केसा खातुनले नेपाल प्रहरीमा भएका जेठा छोरा सेर आलम मियाकी श्रीमती मिराजनी निशालाई विगत ७–८ वर्षदेखि घरेलु हिंसा गर्दै आएको बताइएको छ ।

हिजो पनि कुटपिट गरेको भन्दै राति १० बजे मिराजनी निशाले वडा अध्यक्ष आलमलाई घरमा लिन आई झगडा मिलाइदिन आग्रह गरेकी थिइन् । वडा अध्यक्ष आलम सम्झाउन जाँदा रहिमु मियाका कान्छा छोराले गाली गलौच गरी हातपात गर्न खोज्दा आलमका परिवार र मियाको परिवारबीच कुटाकुट भएको हो ।


कुटपिटबाट वडाअध्यक्ष आलम र उनकी श्रीमती रुपसना बेगम घाइते भएका छन् भने अर्को पक्षका रहिमु मियाकी श्रीमती सैरा खातुन, छोरीहरू रुक्सा र सन्जना खातुन घाइते भएका छन् । टाउकोमा चोट लागेका घाइते वडा अध्यक्ष र उनकी श्रीमतीको भद्रपुरस्थित ओम साई पाथीभरा अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै अर्को पक्षका रहिमु मियाका छोरीहरू रुक्सा र सन्जनाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
65
सम्बन्धित

लोकप्रिय

लोकप्रिय