वर्षाका कारण भोजपुरमा सडक भासियो, आवतजावत बन्द

भोजपुर । अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत टेम्केमैयुङ गाउँपालिका– ३ मेस्पाङामा सडक भासिएको छ । भोजपुर –चखेवा सडक खण्डको मेस्पाङ भन्ने स्थानमा करिब ६० मिटर सडक भासिएको हो ।


कालोपत्र गरिएको सडक भासिएपछि यातायातका साधन रोकिएका टेम्केमैयुङ गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले बताए । उक्त स्थानमा आज बिहान सडक भासिएको हो ।

“वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत मेस्पाङमा सडक भासिएको छ”, उपाध्यक्ष राईले भने,“सडकमा ठूलो क्षति भएको छ । यसरी नै निरन्तर वर्षा भयोभने अझ बढी क्षति हुनसक्छ ।”


अविरल वर्षाका कारण करिब ६० मिटर सडक भासिएको अनुमान गरिएको छ । कालोपत्र गरिएको सडक भासिएपछि यातायातका साधन रोकिएका छन् । भासिएको सडक प्लाष्टिकले छोपिँएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
265
सम्बन्धित

लोकप्रिय

लोकप्रिय