यात्रुवाहक बस र दुध ट्यांकर ठोक्किँदा १८ को मृत्यु

उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा बुधबार यात्रुवाहक डबल डेकर बस दुध ट्यांकरमा ठोक्किएर दुर्घटना हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ। अन्य १९ जना घाइते भएको प्रहरीले जनाएको छ।


उत्तर प्रदेशको राजधानी लखनउबाट करिब ६८ किलोमिटर पश्चिममा उन्नाओ जिल्लाको गाढा गाउँनजिकैको लखनउ–आगरा एक्सप्रेस वेमा दुर्घटना भएको हो। प्रहरीका अनुसार बिहारको सीतामढीबाट दिल्ली जाँदै गरेको डबल डेकर बस पछाडिबाट दुधको कन्टेनरमा ठोक्किएको उन्नाओ जिल्ला मजिस्ट्रेट गौराङ राठीले सञ्चारमाध्यमलाई जानकारी दिए।

घाइतेहरूको नजिकको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र पछि जिल्ला अस्पतालमा रेफर गरिएको राठीले बताए। दुर्घटनालगत्तै स्थानीयले प्रहरीलाई सुचना गरेपछि घाइतेहरूलाई अस्पताल पुर्‍याउन उद्धार टोली र एम्बुलेन्सहरू घटनास्थलमा पुगेका थिए।


उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको उचित उपचार सुनिश्चित गर्न अधिकारीलाई निर्देशन दिएका छन्। प्रहरीले मुद्दा दर्ता गरी दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धानको आदेश दिएको छ ।

भारतमा हरेक वर्ष लगभग पाँच लाख सडक दुर्घटनामा एक लाख ५० हजारभन्दा बढीको ज्यान जाने गरेको तथ्यांकहरूले जनाएका छन्। (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
350
तिलक योञ्जन
तिलक योञ्जनhttps://khabarkheti.com/
उनी खबरखेती डटकमका सम्पादक हुन् ।
सम्बन्धित

लोकप्रिय

लोकप्रिय