पुल चर्किएपछि बिरिङ खोलामा आवागमन बन्द, कहिले बन्ला नयाँ पुल ?

अर्जुनधारा । झापाको बिर्तामोडबाट शनिश्चरे हुँदै खुदुनाबारी जोड्ने सडक खण्ड अन्तर्गत बिरिङ खोलाको पुल चर्किएपछि सवारी आवागमन बन्द भएको छ ।


यो पुल गत बर्ष पनि बाढीले भाचिएपछि मर्मत गरेर संचालनमा ल्याइएको थियो । गत असोजमा मर्मत गरेपछि पुलबाट सवारीसाधन सहजै आवतजाव गरिरहेका थिए ।

केहि दिन देखिको अविरल वर्षाका कारण उक्त पुल पुनः चर्किएर क्षति भएको हो । पुलमा चर्किएपछि सवारी आवागमन बन्द गरिएको छ । बिर्तामोडबाट शनिश्चरे–खुदुनाबारी हँदै इलाम जोड्ने सडकमा रहेको यो पुल पुनः चर्किएपछि यो सडक प्रयोग गर्ने सवारी तथा यात्रुले भने सास्ती खेप्नुपरेको छ ।


उक्त पुल भारतीय राजदुतावासको सहयोगमा २०६४ सालमा पहिलो पटक निर्माण भएको थियो ।

 ‘स्थानीय सरकारबाट संघ सरकार समक्ष नयाँ पुल निर्माणका लागि पहल भइरहेकै छ, आगामी आर्थिक बर्षबाट काम हुन्छ भन्ने जानकारी आएको छ।’

तत्काल केहि गर्न सक्ने अवस्था छैन्–उपप्रमुख

अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले बाढीका कारण पुलमा क्षती पुगेपछि तत्काल केहि गर्न सक्ने अवस्था नरहेको बताउनुभएको छ ।

बाढीले क्षती पुर्याएपछि तत्कालै केहि गर्न सक्ने अवस्था छैन’,–पराजुलीले भन्नुभयो । ‘स्थानीय सरकारबाट संघ सरकार समक्ष नयाँ पुल निर्माणका लागि पहल भइरहेकै छ, आगामी आर्थिक बर्षबाट काम हुन्छ भन्ने जानकारी आएको छ।’ उहाँले बताउनुभयो ।

पुलबाट आवगमन बन्द गरिएपनि २ वटा वैकलिपक मार्गबाट सवारीसाधन आवत–जावत भइरहेको उहाँले बताउनुभयो । पराजुलीका अनुसार अर्जुनधाराको मुख्य सडकको रुपमा रहेको यो खण्डमा पुलमा क्षती हुँदा अर्जुनधारा ४, १, ३ र २ का वडाबासीले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने हुन्छ ।

पुल चर्किएपछि बन्द गरिदै

‘पहिलो चरणमा काम सुरु गर्न बजेट व्यवस्थापन भइसकेको छ, सभामुखले विषेश चासोकासाथ बिरिङ खोलाको पुल निर्माणका लागि पहल गरिरहनु भएको छ, सम्भवत चाडैं पुल निर्माण सुरु हुनेछ।’

नयाँ पुल निर्माणको काम आगामी आर्थिक बर्षबाट

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बिरिङ खोलामा पुल निर्माणका लागि आगामी आर्थिक बर्षबाट काम हुने बताउनुभयो । आगामी आर्थिक बर्षबाट काम गर्ने गरि सरकारले तयारी थालेको उहाँले बताउनुभयो ।

सभामुखको सचिवालयका अनुसार भौतिक पूर्वधारा मन्त्रालय अन्तर्गतको पुल महाशाखाले काम गर्ने गरि आगामी आवमा ८६ लाख बजेट विनियोजन भएको छ । बहुबर्षे योजना अन्तर्गत पुल निर्माण हुने बताइएको छ ।

गत बर्ष पुल भाचिएपछि अवलोकन गर्नुहुँदै सभामुख देवराज घिमिरे

‘पहिलो चरणमा काम सुरु गर्न बजेट व्यवस्थापन भइसकेको छ, सभामुखले विषेश चासोकासाथ बिरिङ खोलाको पुल निर्माणका लागि पहल गरिरहनु भएको छ, सम्भवत चाडैं पुल निर्माण सुरु हुनेछ।’–सभामुखका स्वकीय सचिव तेजप्रकाश भट्टराईले भन्नुभयो ।

पूर्वपट्टि अर्जुनधाराको वडा नम्बर ७ र पश्चिमपट्टि वडा नम्बर १ को भुगोल जोड्ने बिरिङ नदिको यो पुल प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको निर्वाचन क्षेत्र हो ।

गतबर्ष पुल भाचिएपछि सभामुख घिमिरेले अवलोकन समेत गर्नुभएको थियो । त्यसबेला उहाँले निर्माणका लागि आवश्यक पक्रिया सुरु गर्ने बताउनुभएको थियो । तर तत्काल नयाँ निर्माण गर्न बजेट व्यवस्थापन नभएपछि पुल मर्मत गरेर संचालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
4
+1
0
+1
0
+1
0
+1
0
435
तिलक योञ्जन
तिलक योञ्जनhttps://khabarkheti.com/
उनी खबरखेती डटकमका सम्पादक हुन् ।
सम्बन्धित

लोकप्रिय

लोकप्रिय