बालकले हाँकेको मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

मोरङ। मोरङको सुनवर्षीमा बालकले हाँकेको मोटरसाइकलको ठक्करबाट मंगलबार राति एक जना पुरुषको मृत्यु भएको छ।


को १ प ६३४८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सुनवर्षी नगरपालिका–६ का ५० वर्षीय सुरेन दासको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए।

उनका अनुसार झपडतल–खिर्किडाँगी भित्री सडक खण्डमा झपडतलबाट खिर्किडाँगीतर्फ जाँदै गरेको मोटरसाइकलले पैदल हिँडिरहेका दासलाई राति ८ बजेतिर ठक्कर दिएको थियो।


दुर्घटनामा परेर गम्भीर घाइते भएका दासलाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो। त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि राति ९ बजेतिर विराटनगरको कोशी अस्पतालतर्फ ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न मोटरसाइकल र चालक तत्काल फरार बनेका थिए।

खोजी गर्ने क्रममा फेला पारेर मोटरसाइकल र चालकलाई राति १२ बजेतिर इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको छ। मोटरसाइकल चालक १५ वर्षीय बालक रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
115
सम्बन्धित

लोकप्रिय

लोकप्रिय