मेची नदीमा डुबेर एक युवतीको मृत्यु

झापा । मेची नदीमा डुबेर एक युवतीको मृत्यु भएको छ ।

मृत्यु हुने भारतकी १९ वर्षीया सकिना किसान रहेकी छन् ।

भारत दार्जिलिङ छोटिमनिराम ग्राम पञ्चायत ८ मनिरामस्थित खेतीमा रोपाई गरेर भारत घरतर्फ नै फर्कने क्रममा ती युवतीलाई मेची नदीको बाढीले बगाएको थियो ।

मंगलबार दिउँसो पौने ५ बजे मेची नदीको किनारमा ती युवतीको शव फेला परेको काँकडभिट्टा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
4
515
सम्बन्धित

लोकप्रिय

लोकप्रिय